शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव फेल !

मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव फेल !

  • शुक्रबार, कार्तिक ७, २०७७
मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव फेल !

कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावलाई अस्वीकार गरेको छ । शुक्रबार बसेको बैठकले अविश्वासको प्रस्तावलाई दलका बहुमत सदस्यले खारेज गरेका हुन् ।

केन्द्रमा सहमति नजुटेपछि कर्णाली प्रदेशले आफै अविश्वास प्रस्तावको छिनोफानो गरेको हो । यसअघि, प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएका वार्ता सहमतिमा पुग्न सकेका थिएनन् । विवाद मिलाउन प्रदेश पदाधिकारीहरुलाई काठमाडौँ बोलाएका दुई अध्यक्षले एक सातासम्म भेटघाट र छलफल गरेपछि मंगलबार आफ्नो सचिवालयमार्फत परस्पर विरोधी प्रेस नोट जारी गरेका थिए ।

दुई नेताका फरक प्रेस नोट जारी भएसँगै प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिहीबारै सुर्खेत पुगेर अविश्वास प्रस्तावबारे छलफल गर्न बोलाएको संसदीय दलको बैठक फेस गरेका हुन् । केपी ओली र माधव नेपाल पक्षधर सांसदहरु मिलेर अविश्वास प्रस्ताव ल्याए पनि नेपाल पक्षधर सांसदहरु ब्याक भएपछि अविश्वासको प्रस्ताव पेश गर्नेहरु अल्पमतमा परेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार