बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाज
  • महिला हिंसाको डरलाग्दो रुप : तिन महिनामा २ आमाले सन्तान सहित नदीमा हाम फालिन्

महिला हिंसाको डरलाग्दो रुप : तिन महिनामा २ आमाले सन्तान सहित नदीमा हाम फालिन्

  • सोमवार, कार्तिक ३, २०७७
महिला हिंसाको डरलाग्दो रुप : तिन महिनामा २ आमाले सन्तान सहित नदीमा हाम फालिन्

बसन्त बिश्वकर्मा —  बाजुराको सवै भन्दा दुर्गम गाँउपालिकाको रुपमा चिनीने हिमाली गाँउपालिकाको वडा नं कवाडी खोलामा सत्ता नेपालीले चार सन्तान सहित हाम फालेर सन्तान सहित आत्म हत्या गरिन् ।

खोलामा नहुाउन गएको बेलामा एकैसाथ आमा सहितका ५ जना नै खोलाले बगाएको र वेपत्ता भएको खवर आएपछि सहजै पत्यार लागेन । खोलामा नुहाउन गएर प्राकृतिक रुपमा पाँच जना नै खाेलाले बगाउने आधारहरु पनि भेटिएनन् । नत कवाडी खोलामा बाढि आएको थियो न त कसैले उनिहरुलाई हाम फाल्ने बवस्थामा भेटाएका थिए । एकैसाथ पाँच जना नै बगाउन सम्भावना गौण देखियो ।

सदरमुकाम मार्तडीबाट समेत प्रहरीको टोली परिचालन गरियो उनिहरुको लामो समय सम्म उनिहरुको स्वास र लास नभेटिएपछि कवाणी नदिमै हाम फालेको भन्ने लगभग पक्का जस्तै भएपछि कर्णली नदिको किनाराहरु खोजिको मुख्य स्थल बन्यो । हाल सम्म आमा र एक छोरीको मात्र सव भेटिएको छ तिन अझै ब्येपत्ता रहेका छन् ।
सत्ता नेपाली बेपत्ता भएको ठाँउ बाट ५ किलोमिटर टाढा कर्णाली नदिमा फेला परेकी हुन भने छोरी जगन्नाथ गाँउपालिकाको पिलिचौर बाट ४ किलोमिटर टाढा शब फेला परेको जिल्ला प्रहरी कार्यलयल बाजुराले जनाएको छ । सत्ताका ३ जना छोरा छोरी भने अझै भेटिएका छैनन् ।
सत्ताको घर कवाडी खोला नजिकै रहेको छ ।  उनको घर कवाडी खोला किनारा रहेको छ । दिउसो ति र उनका बच्चा सहित कवाडी खोला रहेको उनकि सासुले देखेको प्रहरी कहाँ खुलेको छ । उनि देखिएको ठाँउबाट कर्णाली नदि २ सय मिटर टाढा रहेको छ । सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली अझै फेला परेका छैन ।
त्यस्तै साउन २७ गते बिहान त्रिवेणी नगरपालिकाको वडा नं ८ कि अन्दाजी बर्ष २४ कि उज्वला देवि लुहार आफ्नो ७ महिनाकी छोरीलाई पिठिउमा बोकेर घरबाट निस्किन उनि घरबाट निष्को केहि घण्टा नवित्तदै उज्वलाकी छोरी रितु लवारको सव बुढिगंगा नदि किनारमा भेटियो ।
घटनाको अनु सन्धान गर्दै जाँदा उज्वलले छोरी सहित बाढिले उर्लिरहेको बढिगंगा नदिमा हामफालेको खुल्यो । उज्वलाको शव एक हप्ता पछि अछामको साफेवगर नगरपालिकाको बैजनाथ भन्नेठाउमा फेलाको थियो । उनलेपनि छोरी सहित आत्म हत्या गर्नु पछाको रहस्यमा भने प्रहरीले खासै अनुसन्धान गर्न सकेन । उनको सव आफन्तलाई जिम्मा लगाएर घटना सकियो ।
आत्महत्याको प्रमुख कारण हिंसा र गरिवी 
यी दुई घटनाको समाजिक रुपमा अध्यानगर्दै जाँदा परिवारमा हुने गरिवी र घरेलु हिंसा नै आत्म हत्याको प्रमुख कारण देखिन थालेको छ । चार सन्तान सहित कवाडीमा हामफालेकी सत्ता नेपालीले दिनहुँ जसो घरेलु हिंसा खेप्दै आएको स्थानीहरुले बताएका छन् । गरिवीको सचेटामा जिवन विताई रहेकी सत्ताले न त छोराछोरीलाई पेटभरी खाना दिन सकिन त लुगा फाँटो दिन सकिन । यहि समस्याका कारण उनि श्रीमान सहीतगाँउ छोडेर स्थानीय बजार कवडीमा डेरा गर्दे बसेकी थिइन ।
श्रीमान स्थानी  साहुका खच्चड चलाएर पैशा त कमाउने तर त्यो सवै मदिरा सवेवन गरेर उडाउने छोराछोरी भोक भोकै बस्ने गरेको छिमेकी भिमलाल नेपालिले बताए । यो शिलशिला सत्ता नेपाली र उनका सन्तानले २ बर्ष देखि भोग्दै आएका स्थानीयले बताउछन् ।
श्रीमानको ब्यवहारबाट अजित भएकी सत्ताले असोज १५ गतेराति फेरी मदिरा सेवन गरेर झगडा गर्न थालेपछि पछिल्लो दिन आफु सहित चार अवोध सन्तानलाई समेत मृत्युका बाटोमा डोयाइन् ।
यता त्रिवेणीकी उज्वला लुहारले पनि घरेलु हिंसाकै कारण अत्म हत्या गरेको बिभिनन आधारहरु पृष्ठी गर्दछ । उनको घरमापी आम्म हत्या गरेको अभिल्लो साँझ घरमा श्रीमान श्रमितिको झगडा पेरको उनका श्रीमानले स्वीकार गरेका थिए ।
आत्म हत्याका अधिकांस घटनाहरुमा घरेलुहिंसा कुनैन कुनै तरिकाले जोडिने गरेको बताउनु हुन्छ मार्तडीमा संचालीत सेभ हाउसका कानुनी परार्मशकर्ता एवम् अधिबक्ता जनक कुमार बोहोरा ।

उहाँका अनुसार सेभ हाउसमा पुग्ने अधिकांस हिंसा पिडित महिलाहरुको प्रमुख सवाल धरेलु हिंसाहुने गरेको छ । सेभ हाउसमा पुगेका घटनाहरुलाई प्रकृति हेरेर कानुनी उपचार र मिलापत्र गराउने गरेको बोहोरा बताउनु हुन्छ । मिलापत्र गरेका घटनाहरु दोहोरी धेरै गरेको उहाँको अनुभव छ । महिला हंसाका सवालमा प्रहरी सम्बेदन शिल रहेपनी सामाज संग जोडिएको हुने हुनाले कारवाहीको चरणमा पुग्न कठिन हुनेगरेको प्रहरीको ठम्याइ छ ।
सत्ताका श्रीमान बिरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा
हिमाली गाँउपालिका ५ बस्ने सत्ताका श्रमिान धर्म नेपालीलाई प्रहरीले आत्महत्या दुरुत्सहानमा मुद्धा दर्तागरिएको छ । आत्म हत्या दुरुत्साहना सम्बन्धी सम्भावत यो जिल्ला प्रहरी कार्यालय बाजुरामा दर्ता गरिएको पहिलो मुद्धा हो ।
श्रीमति सहित चार छोराछोरीलाई आत्माहत्या गर्न बाध्य पारेको भन्दैे आत्म हत्या दुरुत्साहन गरेको भन्दै मुद्धा दर्ता गरेको जिल्ला प्रहर कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराले बताए ।  श्रीमती र चार छोराछोरीलाई  कवाडी खोलामा हाम फालेर आत्महत्या गर्न उत्समहन गरेको हुन सक्ने भन्दै मुद्धादर्ता गरी प्रहरी अनुसन्धान गरिरहेको छ ।
नयाँ संविधान अनुसार तयारपरि अघिल्लो बर्षदेखि कर्यान्वयनमा आएको मुलुकी फौजदारी संहिताको दफा १८५ मा आत्महत्याको दुरुत्साहन गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजारसम्म जरिमानाको व्यवस्था रहेको छ ।
यस मुद्धाको छिनोफानो भएपछि आत्म हत्यागर्न बाध्यपार्ने हरुकालागि निरुत्साहित गर्ने महिला अधिकारको क्षेत्रमा काम गर्नेहरुको बिश्वास रहेको छ । कानुनी सचेतना अभावका कारण ग्रामिण क्षेत्रमा रहेको महिलाहरुले सके जति आफुलाई भएका हिंसाहरु सहेर बस्ने र कानुनी बाटो अँगाल्नु भन्दा आत्म हत्याको बाटो जाने गरेका हुन् । दुर्गम तथा ग्रामिण क्षेत्रमा कानुनी सचेतना र हिंसामा परेका महिलाहरु लाई न्याया दिन स्थानका बारेमा जनकारी दिन सके घरेलु हिंसाकाका कारण हुने आत्म हत्या रोक्न सकिन्छ ।

चर्चामा

सम्बन्धित समाचार