शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि, जवानको अवस्था अज्ञात

धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि, जवानको अवस्था अज्ञात

  • आइतवार, कार्तिक २, २०७७
धनगढीमा भेटिएको शव वेपत्ता असईको भएको पुष्टि, जवानको अवस्था अज्ञात

धनगढीको मोहना नदी किनारमा भेटिएको शव वेपत्ता प्रहरीको भएको खुलेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले मोहना नदीको किनारमा घोप्टो अवस्थामा भेटिएको शव वेपत्ता प्रहरी सहायक निरिक्षक गोविन्द बिकको भएको खुलेको जानकारी दिए ।

धनगढी उप–महानगरपालिका वडा नम्बर १२ को जुगेडा स्थित अस्थायी प्रहरी विटको इन्चार्ज समेत रहेका प्रहरी सहायक निरिक्षक (असई) बिकको घाँटीमा चोट रहेको उनले बताए । उनले चढ्ने बा ५८ प ५२८४ नम्बरको मोटरसाइकल शव भेटिएको स्थानदेखि साढे २ किलोमिटर पश्चिमतर्फ भेटिएको छ भने बिकसँग रहेको हतियार फेला परेका छैन् ।

बिक शनिबार साँझ ८ बजे डिउटीमा खटिएका बेला वेपत्ता भएका थिए । उनको हत्या आशंका गरिएको छ । यस्तै उनीसँगै डिउटीमा खटिएका बेला वेपत्ता भएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था भने अज्ञात रहेको छ । उनको खोजी कार्य जारी रहेका प्रहरी वरिष्ठ उपरिक्षक सिहले बताए ।

चर्चामा

सम्बन्धित समाचार