शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • समासेवी युवा अबिशेक नाथ (लोक) ले गरे बिपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

समासेवी युवा अबिशेक नाथ (लोक) ले गरे बिपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

  • बुधबार, अशोज २८, २०७७
समासेवी युवा अबिशेक नाथ (लोक) ले गरे बिपन्न बिद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

पदम सिंह / बाजुरा २८ असोज– बुढीगंगा नगरपालिका १० को शान्निकोट भगवती आधारभूक्त बिद्यालयमा अध्यानरत १२ जना अति बिपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
बुढीगंगा नगरपालिका १० निबासी समाजसेवी युवा अबिशेक नाथ (लोक) ले उक्त बिद्यालयमा अध्यानरत अति बिपन्न परिवारका बलबालिकाहरुलाई शैक्षिक सामग्री बितरण गरिएको सामजसेबि नाथले जानकारी दिएको छन ।
१२ जना बालबालिकालाई जनही ६ कापी, ५ डट्पेन सहयोग गरिएको हो । भने सोही बिद्यालयमा अध्यायनरत १ सय जना बिद्यार्थीलाई मास्क बितरण गरिएको नाथले बताए ।


कोभिट १९ ले बिश्वनै आक्रान्त भएको समयमा नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको र शिक्षा क्षेत्रमा झन असर परेको छ । त्यसका बाबजुत पनि बुढीगंगा नगरपालिकाले बिद्यालय संचालन गरेको भए पनि स्वास्थ्य सुरक्षा मापदण्ड पुरा नभएकोले बिद्यार्थीमा कोरोना महामारीको संक्रमण हुन सक्ने हुदा केही हदसम्म महामारी निउनिकरण होस भन्ने उद्देश्यले मास्क बितरण गरिएको उनले बताए ।
महामारीको बिच नगरपालिका र बिद्यालय ब्यबस्थापन समितिले बिद्यालय खोल्ने निर्णय पश्चात पढाई सुरु गरियो । स्वास्थ्य सुरक्षा मापदण्ड भने अनुसार पुगाउन सकीएको थिएन सानो भएपति मास्क पाए पछि बिद्यालय परिवारलाई ठुलो राहात पुगेको बिद्यालयले बताएको छ ।


धेरै ठुलो राहात त हैन साझ बिहान के खाउ के लाउ भन्ने परिवारका बालबालिकाहरु पढाई बाट बन्चित नहुन उनीहरुले पनि अन्य बालिबालिका सरह अध्यान गर्न केही समय सहज होस भन्ने उद्देश्यले सहयोग गरेको अबिशेकले बताए । यो भन्दा पहिला लकडाउनको समयमा बुढीगंगा नगरपालिका १० का २६ जना अति बिपन्न परिवारलाई खाद्यन्न पनि सहयोग गरिएको थियो ।
आगामी दिनहरुमा जिल्लाका अन्य बिद्यालयका बिपन्न बालबालिका तथा अन्य बालबालिकालाई पनि सहयोग गर्ने योजना रहेको नाथले बताए ।

चर्चामा

सम्बन्धित समाचार