शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • भीरबाट लडेर घाइते भएकी झुम्तीदेवीको मृत्यु

भीरबाट लडेर घाइते भएकी झुम्तीदेवीको मृत्यु

  • मङ्लबार, अशोज २७, २०७७
भीरबाट लडेर घाइते भएकी झुम्तीदेवीको मृत्यु

दार्चुलामा भीरबाट लडेर घाइते भएकी झुम्तीदेवी धामीको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–४ मल्लो काडापारीकी ६४ वर्षीया धामी आइतबार बिहान खर काट्ने क्रममा भीरबाट लडेर घाइते भएकी थिइन।
उनको सोमबार उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो।

गवाड खोलामा खर काट्न गएको बेला उनी लडेर घाइते भएकी थिइन। उनलाई गाउँकै रानीशिखर स्वास्थ्य चौकीसम्म पुर्याइएको थियो। स्वास्थ्य चौकीसम्म पुर्याउन धामी परिवारले स्टेचरसमेत पाउन सकेका थिएनन्।

पछि उनलाई परम्परागत खाटमा राखेर चौकीमा पुर्याइएको थियो। त्यहाँ पनि उपचार हुन नसकेपछि उनलाई गोकुलेश्वर अस्पताल रेफर गरिएको थियो।

बिहान घाइते भएकी धामीलाई बेलुकी साढे ५ बजेपछि मात्रै सडकसम्म पुगाइएको थियो। पछि सडकसम्म एम्बुलेन्स मगाएर झुम्तीदेवीलाई अस्पताल लगिएको उनका श्रीमान तारासिह धामीले बताए।

चर्चामा

सम्बन्धित समाचार