शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • युवती भगाउन बझाङ पुगेका युवकमा कोरोना, आइसोलेसनबाट फरार

युवती भगाउन बझाङ पुगेका युवकमा कोरोना, आइसोलेसनबाट फरार

  • सोमवार, अशोज २६, २०७७
युवती भगाउन बझाङ पुगेका युवकमा कोरोना, आइसोलेसनबाट फरार

बझाङ : बझाङको मष्टा गाउँपालिकाका एक कोरोना संक्रमित युवक आइसोलेसनबाट भागेका छन्। मष्टा गाउँपालिका वडा नम्बर ३ सेरा गदाडा टोलका एक २८ वर्षीय युवक शुक्रबार राति आइसोलेसनबाट भागेका छन्। भागेतोला आधारभूत स्वास्थ्य केन्द्रमा बनाइएको आइसोलेसनबाट उनी भागेको वडाध्यक्ष टेकबहादुर कठायतले बताए।

उनी घर आएको ७ दिनपछि असोज २१ गते उनको नमुना स्वाब संकलन गरिएको थियो। असोज २२ गते जिल्ला अस्पताल बझाङको प्रयोगशालाबाट उनीमा कोरोना पुष्टि भएको थियो।

उनी असोज १५ गते भारतबाट  आएर सिधै घर आएर थिए। ७ दिनसम्म उनी घर र समुदाय घुलमिल भइसकेको वडाअध्यक्ष कठायतले बताए। गाउँमा निर्वाध डुलिरहेका उनलाई २३ गते प्रहरीले नियन्त्रण लिएर भागेतोला आधारभूत स्वास्थ्य केन्द्र राखेको थियो। उनी २४ गते राति फोन गर्ने निहुँमा बाहिर निस्केको र त्यहीँबाट फरार भएको आइसोलेसनमा रहेकाहरुले बताएका छन्।

उनी दुई छोराछोरीलाई घरमा पु¥याएर एक युवती भगाउन गाउँ आएको वडाध्यक्ष कठायतले बताए। उनकी श्रीमती अरुसँग सल्केको भनेर छोडेको र नयाँ युवती भगाउन भारतबाट आएको अध्यक्ष कठायतको भनाइ छ। उनी फरार भएको लामो समय वितेपनि कहीँ फेला नपरेको हुँदा आसपासका गाउँमा लुकेको हुनसक्ने र उनमा रहेको संक्रमण समूदाय स्तरमा फैलनसक्ने भएकाले खोजी गरिदिन वडाध्यक्ष कठायतले सबैमा अनुरोध गरेका छन्।

साथै सेरागदाडाबासीको एकदुई दिनभित्रै कन्ट्रयाक्ट ट्रेसिङ गरिने मष्टा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक भीम बोहराले बताए। #दिनेश खबर बाट

चर्चामा

सम्बन्धित समाचार