बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट छुट्याईने

बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट छुट्याईने

  • आइतवार, अशोज २५, २०७७
बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट छुट्याईने

अछामको बयलपाटा अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट छुट्याईने भएको छ। आमरण अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच शनिबार राती बयलपाटा अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेट व्यवस्था गर्ने सहमती भएको हो।

सहमती पत्रको ३ नम्बर बुँदामा बयलपाटा अस्पतालमा निःशुल्क स्वास्थ्य सेवा प्रवाह गर्न बजेटको व्यवस्था गर्ने उल्लेख छ। डाक्टर केसीले बयलपाटा अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने माग उठाएका थिए।

चर्चामा

सम्बन्धित समाचार