शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • विश्वकप छनोट : मेसीको गोलमा अर्जेन्टिनाको विजयी सुरूवात

विश्वकप छनोट : मेसीको गोलमा अर्जेन्टिनाको विजयी सुरूवात

  • शनिबार, अशोज २४, २०७७
विश्वकप छनोट : मेसीको गोलमा अर्जेन्टिनाको विजयी सुरूवात

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ। अर्जेन्टिनाले शुक्रबार विहान भएको खेलमा इक्वेइडरलाई १-० गोलले पराजित गरेको हो।

अर्जेन्टिनाको जितमा लिओनल मेसीले गरेको गोल निर्णायक सावित भयो। मेसीले खेलको १३ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन। जितसँगै अर्जेन्टिनाले छनोटमा तीन अंक जोड्न सफल भएको छ।
अर्को खेलमा उरुग्वेले चिलीलाई २-१ गोलले पराजित गरेको छ। खेलको ३९ मिनेटमा लुइस सुआरेजको पेनाल्टी गोलबाट उरुग्वेले अग्रता लिएको थियो।

तर ५४ मिनेटमा चिलीका लागि एलेक्सिस साञ्चेजले बराबरी गोल फर्काउन सफल भए। बराबरीतर्फ अघि बढेको खेलको दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा उरुग्वेले गोल गर्‍यो। उसका लागि माक्सी गोमेजले गोल गर्दै आफ्नो टिमलाई रोमाञ्चक जित दिलाए।

छनोटअन्तर्गत पाराग्वे र पेरुले भने २-२ गोलको बराबरी खेलेर अंक बाढेका छन्। छनोटमा शनिबार विहान ब्राजिल र बोलिभियाबीच खेल हुनेछ।

चर्चामा

सम्बन्धित समाचार