शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • आशलाग्दा युवाका अलपत्र योजना

आशलाग्दा युवाका अलपत्र योजना

  • शुक्रबार, अशोज २३, २०७७
आशलाग्दा युवाका अलपत्र योजना

  संसारका अल्पविकसित,विकासोन्मुख र विकासशिल राष्ट्रका मेरुदण्ड युवाहरुलाई मानिन्छ ।युवाहरुकै काँधमा देशको जिम्वेवारी रहने हुनाले देश विकासका लागि संसारका हरेक क्षेत्रमा युवा मैत्री नीति बन्ने गरेकाछन।नेपालमा युवाको पक्षमा काम गर्नका लागि सरकारी तहमा युवा तथा खेलकुद मन्त्रालयको स्थापना र राष्ट्रिय युवा परिषदको गठन भएकोछ।त्यसैको परिणाम स्वरुप राष्ट्रिय युवा नीति २०७२ संचालनमा रहेकोछ।युवाका पक्षमा बनेका ऐन,नीति,नियम,निर्देशिका र परिपत्रहरुको पुर्ण रुपमा कार्यान्वयन हुन सकिरहेको छैन।युवाहरुले आफ्नो भुमिका र  जिम्वेवारी निर्वाह नगर्नु दुरदशा हो।देशमा रहेका सबै पार्टीले युवाहरुको काँधमा देशको जिम्वेवारी रहेको भजन गाइरहेकाछन्।अपवाद बाहेक प्राय युवाहरु आफ्नो कर्तव्य बाट बिमुख हुदै गएका हुन कि,जस्तो भान हुन थालेको छ ।

भारतिय दुतावास द्धारा निर्माणाधिन जन प्रकाश उमाविको भवन र छात्रावास

सबै पार्टीमा स्थानिय तह देखि केन्द्रिय तह सम्म,मुल पार्टी र भातृ संगठनको जिम्वेवारीमा युवायुवतिहरुको बाहुल्यता रहेको भएपनि जिल्लाको विकास र सामाजिक सवालका विषयमा जिम्वेवारीका हिसावले कसले के कति काम गरेको छ,भनेर खोजी गर्ने बेला भइसकेको हुनाले यस बिषयमा पार्टीमा समिक्षा जरुरी भइसकेकोछ ।देशको भौतिक विकास गर्नका लागि नेपाल सरकार बाट इजाजत पत्र लिएर जिल्लाका अधिकाँश युवाहरु ठेकेदारको रुपमा दर्ज भएकाछन।स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा २ को (छ) (१०) ले दिएको अधिकार प्रयोग गरि निर्माण व्यवसायी इजाजत पत्रको कार्यविधि २०७५ को दफा २,को उपदफा ४ बमोजिम स्थानिय तहमा (घ) बर्गको इजाजत पत्र दिने व्यवस्था गरे बमोजिम स्थानिय तह संचालन पश्चात बाजुराका बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाँउपालिका बाहेक ७ ओटा स्थानिय तहले २०७७ भाद्र मसान्त सम्म वितरण गरेका इजाजत पत्रको विवरण तपशिल बमोजिम रहेकाछन्।

१.बुढीनन्दा नगरपालिकाले वितरण गरेका (घ) बर्गका इजाजत पत्र

क्र.स.  फर्मको नाम                    प्रोप्राइटरको नाम                  ठेगाना

१.सि.आइ.कन्ट्रक्सन                          धर्मा देवि शाही                 बु.न.पा.८,बाजुरा

२.दिपसन कन्ट्रक्सन                          दयाराम पाण्डे                  बु.न.पा.1,बाजुरा

३.पुन निर्माण सेवा                            ओम प्रकाश पुन                बु.न.पा.2,बाजुरा

४.बि.बि.कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स    कृष्णराज पाध्याय               बु.न.पा.५,बाजुरा

५.लोकमणी कन्ट्रक्सन                         नृपराज खत्री                   बु.न.पा.१,बाजुरा

६.दिव्यश्वरी निर्माण सेवा                        अंगलाल जैसी                  बु.न.पा.२,बाजुरा

७.शुशिल कन्ट्रक्सन                          रंग बहादुर बोहरा               बु.न.पा.८,बाजुरा

८.एल.बि.कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स   लाल बहादुर खड्का             बु.न.पा.७,बाजुरा

९.पि.बि.एस.कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स  केशर बहादुर शाही              बु.न.पा.8,बाजुरा

१०.अनिल कन्ट्रक्सन               अशोक बहादुर दानी                             बु.न.पा.७,बाजुरा

११.एस.आर.के.कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स    रेखा कडारा                   बु.न.पा.५,बाजुरा

१२.मिलिजुली निर्माण सेवा                             कृष्ण कुमार बम               बु.न.पा.१,बाजुरा

१३.न्यु बडालेख निर्माण सेवा                          अंग बहादुर ओली               बु.न.पा.२,बाजुरा

१४.चन्द्रनाथ निर्माण सेवा एण्ड अर्डर सप्लायर्स       गणेश कुमार गिरी               बु.न.पा.२,बाजुरा

१५.निश्चल निर्माण सेवा                                      दिपेन्द्र सिंह                             बु.न.पा.७,बाजुरा

१६.प्रसंशा निर्माण एण्ड अर्डर सप्लायर्स             प्रख्यात बहादुर शाही             बु.न.पा.२,बाजुरा

17.अस्मिता निर्माण सेवा एण्ड अर्डर सप्लायर्स       मानसिंह बम                   बु.न.पा.२,बाजुरा

१८.बुढीनन्दा निर्माण सेवा एण्ड अर्डर सप्लायर्स       रामु पाण्डे                     बु.न.पा.६,बाजुरा

१९.कैलास निर्माण एण्ड अर्डर सप्लायर्स            जयलक्ष्मी शाही                 बु.न.पा.६,बाजुरा

२०.असुरादेवि बिल्डर्स प्रा.लि.                    मदनराज गिरी                  स्वामीकार्तिक खापर

२१.एस.एस.आर.डी.मल्टी प्रपोज क.प्रा.             संगिता बोहरा                  बु.न.पा.७,बाजुरा

२२.पाण्डे निर्माण तथा ढुवानी सेवा                चिउरी पाण्डे                   बु.न.पा.६,बाजुरा

२३.आर एण्ड पि कन्ट्रक्सन                     राज कुमार रोकाया              बु.न.पा.८,बाजुरा

२४.दिनेश निर्माण तथा अर्डर सप्लायर्स             सुन्दर बहादुर बिष्ट              बु.न.पा.१,बाजुरा

२.स्वामीकार्तिक खापर गाँउपालिकाले वितरण गरेका (घ) बर्गका ईजाजत पत्र

१.प्रतिक निर्माण सेवा एण्ड अर्डर सप्लायर्स          जनम धामी             स्वामिकार्तिक खापर ४,बाजुरा

२.आर.जे.निर्माण सेवा                          योगेन्द्र शाही            स्वामिकार्तिक खापर ३,बाजुरा

३.किस्मत कन्ट्रक्सन                          शरद ब.सिंह            स्वामिकार्तिक खापर ३,बाजुरा

४.डि.डि.कन्ट्रक्सन एण्ड सप्लायर्स                 युवराज शाही            स्वामिकार्तिक खापर ३,बाजुरा

५.मष्टाकालिका निर्माण सेवा                     पानमति शाही           स्वामिकार्तिक खापर ३,बाजुरा

6.रमालिया कन्ट्रक्सन एण्ड सप्लायर्स              नविन्द्र कुमार सिंह       स्वामिकार्तिक खापर ५,बाजुरा

७.रोयल कन्ट्रक्सन                           लोकराज शाही          स्वामिकार्तिक खापर ५,बाजुरा

८.चन्दल कन्ट्रक्सन                          बिमल शाही            स्वामिकार्तिक खापर ३,बाजुरा

९.अपि कन्ट्रक्सन एण्ड कन्सल्टेनसी     सुनिता कु.शाही          स्वामिकार्तिक खापर ५,बाजुरा

१०.एस.डि.कन्ट्रक्सन                          जवा शाही              स्वामिकार्तिक खापर ३,बाजुरा

११.पुष्पान्जली नि.से.एण्ड अर्डर सप्लायर्स    सत्तल बि.क.           स्वामिकार्तिक खापर 1,बाजुरा

१२.स्वामिकार्तिक निर्माण सेवा                   सन्तोष शाही            स्वामिकार्तिक खापर ३,बाजुरा

13.एच.एस.पि.निर्माण सेवा                      हिक्मत ब.बुढा          स्वामिकार्तिक खापर २,बाजुरा

14.भैरबनाथ कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स   सुमन शाही         स्वामिकार्तिक खापर ५,बाजुरा

15.कालिका देवि निर्माण सेवा                   नन्दा तिमिल्सेना         स्वामिकार्तिक खापर २,बाजुरा

16.जेसिस कन्ट्रक्सन                          अमृता देवि शाही        स्वामिकार्तिक खापर ५,बाजुरा

१७.अरुण एण्ड कुश्मा निर्माण सेवा               अंग बहादुर बम         स्वामिकार्तिक खापर १,बाजुरा

१८.जयकुल मष्टा निर्माण सेवा                   मान बहादुर रावल       स्वामिकार्तिक खापर १,बाजुरा

३.जगन्नाथ गाँउपालिकाले वितरण गरेका (घ) बर्गका ईजाजत पत्र

१.पि.एन.वि.कन्ट्रक्सन एण्ड सप्लायर्स       प्रेम बहादुर बिष्ट         जगन्नाथ गा.पा.२,बाजुरा

2.श्री पुर्ण निर्माण सेवा                         लाल बहादुर बिष्ट        जगन्नाथ गा.पा.१,बाजुरा

३.श्री ज्ञान कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स          गौरीलाल बिष्ट           जगन्नाथ गा.पा.१,बाजुरा

४.हिमाली गाँउपालिकाले वितरण गरेका (घ) बर्गका ईजाजत पत्र

१.चण्डिका निर्माण सेवा एण्ड अर्डर सप्लायर्स         बटकली पाण्डे          हिमाली गा.पा.४,बाजुरा

५.गौमुल गाँउपालिकाले वितरण गरेका (घ) बर्गका ईजाजत पत्र

१.श्री आर.सी.कैलास कन्ट्रक्सन        राम बहादुर रोकाया      गौमुल गाँ.पा. २,बाजुरा

२.श्री सुन्दरपाल कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स           अमृत जोशी           गौमुल गा.पा.६,बाजुरा

३.श्री घटाल बिजयपाल कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स   तुल बहादुर रोकाया      गौमुल ६,बाजुरा

६. त्रिबेणी नगरपालिकाले वितरण गरेका (घ) बर्गका ईजाजत पत्र

१.त्रिबेणी निर्माण सेवा                         सुरेन्द्रराज गिरी          त्रिबेणी न.पा.८,बाजुरा

२.डि.सि.सन.कन्ट्रक्सन                         दिल बहादुर थापा       त्रिबेणी न.पा.९,बाजुरा

३.सि.डि.एस.कन्ट्रक्सन                         चन्द्रिका कुमारी ऐडी      त्रिबेणी न.पा. ४,बाजुरा

४.सेवक कन्ट्रक्सन                           केश बहादुर साँउद       त्रिबेणी न.पा.४,बाजुरा

५.अनमोल कन्ट्रक्सन                               तपेन्द्र बहादुर शाही       त्रिबेणी न.पा.३,बाजुरा

६.ॐ श्री सुकाडाँडा कन्ट्रक्सन                   खड्क बहादुर साँउद      त्रिबेणी न.पा.८,बाजुरा

७.निर्माण सेवा एण्ड अर्डर सप्लायर्स               मान बहादुर थापा        त्रिबेणी न.पा.८,बाजुरा

८.दिप निर्माण सेवा एण्ड अर्डर सप्लायर्स            लक्ष्मी साँउद भण्डारी     त्रिबेणी न.पा.३,बाजुरा

९.दुर्गा निर्माण सेवा एण्ड अर्डर सप्लायर्स           जनक बहादुर शाही       त्रिबेणी न.पा.३,बाजुरा

७.बडिमालिका नगरपालिकाले वितरण गरेका (घ) बर्गका ईजाजत पत्र

१.टि.एस.कन्ट्रक्सन एण्ड सप्लायर्स                तारा कुमारी रोकाया      बडिमालिका न.पा.९,बाजुरा

२.के.एम. कैलास कन्ट्रक्सन एण्ड सप्लायर्स         बिस्नमति साँउद         बडिमालिका न.पा.५,बाजुरा

३.आर.के.निर्माण सेवा                         बिरेन्द्र बहादुर खड्का     बडिमालिका न.पा.६,बाजुरा

४.पानस कन्ट्रक्सन                           पदम बहादुर साँउद      बडिमालिका न.पा.५,बाजुरा

५.करुणा निर्माण सेवा एण्ड अर्डर सप्लायर्स          कल्पना कुमारी साँउद     बडिमालिका न.पा.२,बाजुरा

६.जडङ्गा निर्माण सेवा एण्ड अर्डर सप्लायर्स   अमर बहादुर बडुवाल     बडिमालिका न.पा.५,बाजुरा

७.रिप्सन कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स           सन्तोष कुमार सिंह       बडिमालिका न.पा.८,बाजुरा

८.ए.वि.पि.निर्माण सेवा एण्ड अर्डर सप्लायर्स         प्रेम बहादुर साँउद        बडिमालिका न.पा.५,बाजुरा

९.खापरदेव कन्ट्रक्सन एण्ड सप्लायर्स              गोपाल बहादुर खड्का     बडिमालिका न.पा.३,बाजुरा

10.अनुश कन्ट्रक्सन                                           गोरख थापा            बडिमालिका न.पा.८,बाजुरा

११.कालिका कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स        चिरन्जीवि मल्ल         हिमाली गा.पा.४,बाजुरा

१२.दुनलेक माई कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स     कविराज दानी           बडिमालिका न.पा.१,बाजुरा

13.सृष्ट्री कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स           दिल बहादुर सिंह        बडिमालिका न.पा.४,बाजुरा

14.अवि कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स           अविनाश बडुवाल        बडिमालिका न.पा.६,बाजुरा

१५.जिउलेक मष्टा कन्ट्रक्सन                           मन बहादुर साँउद        बडिमालिका न.पा.४,बाजुरा

१६.कैलास कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स     जनक बहादुर थापा       बडिमालिका न.पा.८,बाजुरा

१७.भगवति निर्माण सेवा                               शंकर बहादुर बोहरा      बडिमालिका न.पा.८,बाजुरा

१८.सुमन कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स           सरिता कुमारी रोकाया     बडिमालिका न.पा.८,बाजुरा

१९.एस.एस.कन्ट्रक्सन एण्ड अर्डर सप्लायर्स          नवराज थापा            बडिमालिका न.पा.,१०बाजुरा

(स्रोत-विभिन्न स्थानीय तह)

    नेपाल सरकारले स्थानिय फर्मले स्थानिय स्तरमा काम पाँउदा गुणस्तरिय र दिगो बन्छ भन्ने मनसायले स्थानिय सरकार संचालन ऐन २०७४ मा इजाजत पत्र लिनका लागि स्थानिय तहलाई अधिकार प्रत्यायोजन गरे पश्चात जिल्लामा इजाजत पत्र लिनेको संख्या बढेको देखिन्छ।

कोल्टीको कृषि शाखाको भवन १

इजाजत पत्र लिएका ठेकादारहरु मध्ये ९० प्रतिशतले कोटेशन,साना र ठुला काम गरेको भए पनि अपवाद बाहेक उत्कृष्ठ काम गरे वापत पुरस्कृत भएको कुनै ठेकेदारको नाम सुनेको छैन।उनिहरुले लिएका ठेक्का र गरेको कामको गुणस्तर के कस्तो छ भनेर कसैले प्रश्न गरेको पनि पाँइदैन्।ठेकेदारको हकमा कानुन,पार्टी र पत्रकार कमजोर भएका हुन कि < वा पार्टीका कार्यकर्ता भएर संरक्षण गरिएको हो < बाजुराको विकास भएन भनि रहँदा दोष कसको < विगत बर्षहरुमा बाजुरामा ठेक्काका काम बाहिरका ठेकेदारले राम्रो काम नगरेर ठगेर गयो भन्ने दिन गए ।

कोल्टीको कृषि शाखाको भवन २

पछिल्ला बर्षहरुमा स्थानिय,प्रदेश र संघ सरकारले निकाले ठेक्कामा असि प्रतिशत काम स्थानिय ठेकेदारले गरिरहेकाछन। आ.व.२०७५।२०७६ मा जिल्लामा पचहत्तर वटा ठेक्का भएकोमा जिल्लाकै ठेकेदारले काम गरेको देखिन्छ ।व्यवसायको धर्म नाफा कमाउनु हो।नाफा कमाउनु भन्दैमा समुदायलाई सधैका लागि सुबिधा बाट बन्चित गर्नु पक्कै पनि नहोला।प्राकृतिक प्रकोप बाहेक पुर्वाधारको नियम अनुसार कुनै संरचना बनाएको बिस बर्ष सम्म मर्मत सम्भार बाहेक नयाँ निर्माण गर्नु पर्दैन ।

कोल्टीको कृषि शाखाको भवन ४

तर बाजुरामा बनाएको दुई बर्ष नपुग्दै पुन नयाँ बनाउनु पर्ने अवस्थाका योजना निर्माण गरिनुले हाम्रो विकास कहिले होला < पार्टीका जिम्वेवार कायकर्ता र जनप्रतिनिधि पनि ठेक्काका काममा सामेल भएको हुनाले उनिहरुले गरिरहेका काम र मञ्चमा बोल्ने भाषा नितान्त फरक पाइन्छ।भाषा अनुसारको काम गर्ने हो भने जिल्लाको विकास हुन बेर लाग्दैन थ्यो होला।प्रत्येक बर्ष न्युनतम साठ्डी वटा योजना मात्र तोकिएको मापदण्ड अनुसार गुणस्तरिय बन्ने हो,भने बिस बर्ष सम्म बनाई रहनु पर्दैन।एंवम रितले पाँच बर्ष सम्म मात्र इमान्दारिताका साथ काम गर्ने हो भने तिन सय वटा योजना बन्न सक्छन ।जिल्ला बाहिर बाट इजाजत पत्र लिएका बाहेक साविकको जिल्ला विकास समिति बाट २०० भन्दा बढी र हाल सात वटा स्थानिय तह ७९ बाट गरि कुल २७९ जनाले इजाजत पत्र लिएको तथ्याँक देखिन्छ ।जस्तै जगन्नाथ गाँउपालिकाका महेश शाही,धर्म बहादुर शाही,कृष्ण कुमार बम,प्रेम बहादुर बिष्ट र सुन्दर बिष्ट स्वामीकार्तिक खापर गाँउपालिकाका जनम धामी,युवराज शाही,प्रख्यात बहादुर शाही र सत्तल बि.क.हिमाली गाँउपालिकाका जीवन कुमार मल्ल,चिरन्जिवी मल्ल र बटकली पाण्डे बुढीननदा नगरपालिकाका पदम कुमार गिरी,नृपराज खत्री,लाल बहादुर खड्का,अशोक दानी,केशर बहादुर शाही र कृष्णराज पाध्याय गौमुल गाँउपालिकाका अमृत जोशी,राम बहादुर रोकाया बडिमालिका नगरपालिकाका तारा कुमारी रोकाया,शंकर बहादुर बोहरा,कल्पना कुमारी साँउद र गोरख थापा त्रिबेणी नगरपालिकाका मान बहादुर थापा,दिल बहादुर थापा,जनक बहादुर शाही र लक्ष्मी साँउद(भण्डारी) आदि ।

कोल्टीको कृषि शाखाको भवन ३

उल्लेखित व्यक्तिहरु पार्टीका विभिन्न जिम्वेवार पदमा रहेको हुनाले हजुरहरुले गरेका काम सबैले हेरिरहेका हुन्छन ।समाज सेवा गर्छु भनेर पार्टीको सदस्यता लिई सकेपछि समाज र देशको हितमा काम गर्नु नै यहाँहरुको पहिलो जिम्वेवारी हो।अहिले गरेका कामले भोलीको राजनीतिक भविश्य निर्धारण गर्ने हुनाले समयमै बिचार नपुर्याउदा आफैलाई घात नहोला भन्न सकिन्न।समाज र देशको सेवा भन्दा पैंशामा ध्यान दिने हो,भने सरकारले दिएको इजाजत पत्र जनता लुट्ने लाइसेन्स र पार्टीको सदस्यता जनता भुल्याउने प्रमाण-पत्रमा सिमित नहोला भन्न सकिदैन।मैले सबैलाई एउटै डालोमा राख्न खोजेको होइन धेरैले राम्रा काम पनि गरिरहनु भएकोछ।जति हुनु पर्ने हो,त्यति हुन सकेको छैन।आगामी दिनमा सुधारका लागि पार्टीका बैठकहरुमा त्यस बिषयमा गहन छलफलको बिषय बनाइनुपर्छ।

जिल्लाको विकासका लागि स्रोत भित्र्याउनका लागि स्थानिय,प्रदेश र संघका जनप्रतिनिधिहरु अहोरात्र खटिरहनु भएको छ। गत आर्थिक बर्ष २०७६/२०७७ मा जिल्लामा प्राप्त चालु बजेट रु ३,४९,९५,४७,२३१।मा कुल खर्च रकम रु ३,२९,१८,२७,४३१।मा खर्च प्रतिशत ९४.०६ प्रतिशत भएकोछ।प्रदेश चालु बजेट रकम रु ७०,०२,०५,०००।खर्च रकम रु ५४,७६,०१,६५०।र खर्च प्रतिशत ७८.२८ प्रतिशत देखिन्छ ।संघको पुँजिगत बजेट रकम रु १०,८१,६८,९९९।खर्च रकम रु ७,३०,०३,६८६।खर्च प्रतिशत ६७.४९ भएको छ । (स्रोत- कोलेनिका,बाजुरा) जिल्लामा स्रोत मात्र भित्र्याएर विकास हुने होइन विकास हुनका लागि स्रोतको सहि सदुपयोग हुन आवश्यक छ।प्रदेश (क) का केहि जिम्मेवार युवा नेताहरुले गरेको कामहरुमा प्रतिनिधिका रुपमा भारतिय दुतावासको सहयोगमा जनप्रकाश मा.वि.को भवन,छात्रबास र कोल्टीको कृषि सेवा केन्द्रको नयाँ भवन बिगत चार बर्ष देखि अलपत्र अवस्थामा रहेकाछन।दुबै योजना निर्माणको काम पार्टीका शसक्त स्थानिय आशा लाग्दा युवाहरुले लिएको र कामको प्रकृति हेर्दा पार्टीको नीति,सिद्धान्त,देशको कानुन र जनताको आशामा तुषारापात गरेको देखिन्छ।पछिल्लो समयमा युवाहरुले ठेकापट्टालाई सजिलै पैंशा कमाउने माध्यमको रुपमा लिएको देखिन्छ ।इमान्दारिताका साथ काम गर्ने हो,भने काम गरेर देखाउने ठाँउ पनि ठेकापट्टा नै हो।(मानिसले ठाँउ बनाउने हो,ठाँउले मानिस बनाउने होइन) गाँउठाऊ,समाज र देश प्रतिको माया छ भने,अरुलाई गाली गरिहरनु पर्दैन आफै बाट शुरु गरौ।जिल्लाका अधिकाँस शिक्षकहरु विद्यालयमा पठ्नपाठन गर्नुको अलावा इजाजत पत्र लिएर खुलमखुला ठेक्कापट्टाको काम गरिरहेका छन।युवाहरुले मञ्चमा बोल्ने भाषा सुखी नेपाली समृद्ध नेपाल र शिक्षकले गुणस्तरिय शिक्षा दिनु पर्छ भनेर भन्नु हुन्छ होला  ।

कोल्टीको कृषि शाखाको भवन हस्तान्तरण र प्रयोग नै नभइ जिर्ण बनेको

      जिल्लाको विकासका लागि सबैको पहल र स्वंयम व्यक्तिको इमान्दारिता आवश्यक भइसकेकोछ।बाजुराको विकास चाहने हो भने,सरकारलाई गाली गरेर मात्र विकास हुदैन स्वंयम व्यक्तिले आफु जहाँ छ,त्यहि ठाँउ बाट इमान्दारिका साथ काम गरौ।संसारमा पैंशा कसैलाई पुगेको छैन।पैंशाले मात्र सन्तुष्ठी प्राप्त नहोला।पैंशा भन्दा सामाजिक प्रतिष्ठा ठुलो हो भन्ने कुरा बुझ्न आवश्यक छ।जिल्लामा पैंशा त धेरैले कमाए होलान तर स्वर्गिय नरसिंह गिरीको जति प्रतिष्ठा कसैले कमाउन सकेका छैनन्।हामीमा इमान्दारिता नहुने हो भने विकासका लागि जिउँदो इतिहाँस बोकेका नरसिंह गिरीको आत्माले बाजुरेली जनतालाई सराप्ने छ।

यी लेखकका नीजि बिचार हुन ।

चर्चामा

सम्बन्धित समाचार