शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

  • बिहिबार, अशोज २२, २०७७
जाजरकोटमा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित ५ जनाको मृत्यु

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औलखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।

मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।

बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको उनले बताए । घटनास्थलमा प्रहरी चौकी बडावन र इलाका प्रहरी कार्यालय पञ्चालाको टोली खटिएको छ । जिप सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको डीएसपी श्रेष्ठले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार