शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • २४ घण्टामा थप ९ को मृत्यु

२४ घण्टामा थप ९ को मृत्यु

  • मङ्लबार, अशोज २०, २०७७
२४ घण्टामा थप ९ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै देशभर कोरानाबाट मृत्यु हुनेको कुल संख्या ५६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै आज आज ११ हजार ४७ जनाको पीसीआर परीक्षण हुँदा १ हजार ५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १०१७ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३४० जना कोरोना संक्रमणमुक्त भएका छन् । यसँगै देशभर कोरोना निको हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ ।
देशभर २२ हजार ७०९ सक्रिय संक्रमित, आज १ हजार ५५१ जनामा संक्रमण पुष्टि आज देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन्। जसमा संस्थागत आइसोलेसनमा ९ हजार ११८ र होम आइसोलेसनमा १३ हजार ५९१ जना रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार