शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपाले आज टुङ्गो लगाउला मन्त्रीको नाम ?

नेकपाले आज टुङ्गो लगाउला मन्त्रीको नाम ?

  • मङ्लबार, अशोज २०, २०७७
नेकपाले आज टुङ्गो लगाउला मन्त्रीको नाम ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ४ बजे बस्ने सचिवालयको बैठकबाट मन्त्रीपरिषद् पुनर्गठनको विषयमा छलफल हुने बताइएको छ ।

सचिवालयका एक सदस्यका अनुसार मन्त्रीमण्डल पुनर्गठनभन्दा पनि खाली रहेको ठाउँलाई पूर्णता दिने छलफल भएको हो र त्यस विषयमा आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्ताव गरेपछि मात्र थाहा हुन्छ ।’

हाल अर्थ, सूचना तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालय खाली रहेको छ । ती मन्त्रालयहरुमा विष्णु पौडेल, जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई लैजाने मोटामोटी सहमति भएको छ तर कसलाई कुन मन्त्रालय दिने कुरा टुङ्गो लागेको छैन ।

विष्णु पौडेल र सुरेन्द्र पाण्डे यसअघि अर्थ मन्त्रालय चलाइसकेका हुनाले दुवैजनाको चाहना अर्थ मन्त्रालय नै हो । यता, जनार्दन शर्माले पनि काम गरेर देखाउन सक्ने मन्त्रालयमा जान चाहेका छन् । अन्य मन्त्री हेरफेरको विषयमा पनि दुईजना अध्यक्षको बीचमा छलफल भइरहेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रीमण्डल पुनर्गठनको बारेमा जिज्ञासा राख्दा आफूलाई जानकारी नरहेको बताए । आजको सचिवालय बैठकमा हुने कार्यसूचीको बारेमा केही जानकारी नआएको बताउँदै उनले बैठकमै गएपछि विषयवस्तु थाहा हुने बताए ।

मन्त्रीमण्डल पुर्नगठनका लागि नाममा सहमति हुनभन्दा अघि तत्कालिन माओवादी केन्द्रको तर्फबाट जाने मन्त्रीहरुको नाम पनि आफूले नै रोज्न पाउनुपर्ने अडान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले गरिरहेको स्रोतले जनाएको छ । आफूलाई काम गर्न सजिलो होस् भनेर प्रम ओलीले व्यक्ति आफैले चयन गर्ने अडान लिइरहेका छन् ।

हरिबोल गजुरेल, टोपबहादुर रायमाझी, वर्षमान पुनः लगायतको नाममा केपी शर्मा ओली सकारात्मक देखिएकोस्रोतले जनाएको छ । यद्यपि अध्यक्षद्वयको बीचमा यस विषयमा छलफल जारी रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार