शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • भारतमा काम गर्ने मजदुरले गरे भालुकाे आक्रमणमा परी घाइते भएकालाई सहयोग

भारतमा काम गर्ने मजदुरले गरे भालुकाे आक्रमणमा परी घाइते भएकालाई सहयोग

  • सोमवार, अशोज १९, २०७७
भारतमा काम गर्ने  मजदुरले गरे भालुकाे आक्रमणमा परी घाइते भएकालाई सहयोग

बाजुरा — गत सोमबार असोज १२ गते बिहान सात बजे भैँसी गोठबाट घर फर्कदै गर्दा जंगली जनावर भालुको आक्रमणबाट सख्त घाईते भएका  ३६ बर्षिय बुढिगंगा नगरपालिका वडा नं १० सिगाडा निवासी मन बहादुर साउद लाइ भारतमा मजदुरी गर्ने नेपालीले र नेपाल तथा तेस्रो मुलुकबाट आर्थिक सहयोग गरेका छन्।

सबै भन्दा बढी रकम सहयोग गर्नेमा बाजुरा बुढिगंगा नगरपालिका वडा १० घर भई हाल रोजगारीको सिलसिलामा अमेरिका बस्दै आउनु भएका समाजसेवी मनका धनी श्री जनक सावदले रु १० हजार नेपाली सहयोग गरेका हुन। त्यस्तै नेपालमा बस्ने सोहि नगरपालिका वडा नंं ९ घर भएका नेपाली कांग्रेसका नेता एवं जिल्ला सह सभापति पुर्ण विक्रम सिंह र समाजसेवी तथा ब्यबसायी लिलाराम जोशी  क्रमस ५ /५ हजार  नेपाली रुपैयाँ आर्थिक सहयोग गरेका छन। त्यस्तै सोही नगरपालिका वडा नंं १० घर भएका भारतमा मजदुरी गर्दै आएका  सबैभन्दा बढी सहयोग गर्नेमा समाजसेवी झंकर बहादुर साउद र बिपिन साउद रहेका छन् वहाँले क्रमश ५/५ हजार भारतिय रुपैयाँ आर्थिक सहयोग गरेका छन।  अछाम बाजुरा कैलाली गरी सयौ दाजु-भाइ हरुले आर्थिक सहयोग गरेकाे अनिल बुढाले बताएका छन।

घाइते साउद लाइ सुरुमा अछामको बयालपाटा अस्पतालमा उपचारका लागी लगिएको थियो। बयालपाटा अस्पतालमा उपचार सम्भव नभएपछि उपचारका लागी धनगढी लगिएको थियो। हाल धनगढीको मायामेट्रो अस्पतालमा उपचाररत हुनुहुन्छ। सुरुमा अबस्था एकदमै चिन्ताजनक रहेपनि अहिले भने वहाँको स्थिति सामान्य रहेको छ। बाजुरा-दिल्ली सम्पर्क कमिटीका अध्यक्ष तथा समाजसेवी अनिल बुढाको नेतृत्वमा सुचारु गरिएको सहयोग संकलन अभियानमा १०१२६६ भारतिय रुपैयाँ आर्थिक संकलन गरि बिरामीको सम्बन्धित व्यक्तिलाई बुझाई सकेको कुरा अध्यक्ष बुढाले सामाजिक सञ्जाल फेसबुक बाट सार्बजनिक गरेका थिए।

यसरी एकहप्ता सम्म मात्र चलाइएको अभियानले यत्रो पैसा जुटाउनमा धेरै साथिहरुको भुमिका रहेको र बिषेश गरि सोहि गाउँमा घर भई हाल रोजगारीको सिलसिलामा भारतको दिल्लीमा बस्दै आउनु भएका हरिस साउदको बिषेश उल्लेख्य योगदान रहेको बुढाले जानकारी दिएका छन। समाजसेबी तथा अध्यक्ष बुढाको यो पहिलो काम भने नभएको र यस भन्दा पहिले पनि आफुले यस्ता दर्जनौं सामाजिक कामहरु गरेको बुढाले बताएका छन।

युवाहरु मिलेर गर्ने हो भने कुनैपनि कामहरु असम्भव नरहेको। र अभियान आफु एक्लै भन्दापनि सम्पुर्ण दाजुभाइको साथ सहयोगले सम्भव भएको बताए। वहाँहरुको यो सहयोगको आफु सधै रिणी रहेको र आगामी दिनमा पनि यस्तै साथ र सहयोग अपेक्षा गरेको पनि बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार