शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अहोरात्र लागिपरेका छौ अल्का अस्पतालका प्रमुख प्रबन्धक – थापा

गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अहोरात्र लागिपरेका छौ अल्का अस्पतालका प्रमुख प्रबन्धक – थापा

  • शनिबार, अशोज १०, २०७७
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अहोरात्र लागिपरेका छौ अल्का अस्पतालका प्रमुख प्रबन्धक –  थापा

अल्का अस्पतालका प्रमुख प्रबन्धक कुमार थापाले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा अहोरात्र लागिपरेकाे बताएका छन ।    अल्का अस्पताल फार्मेसीको आयोजना र क्वयस्ट फार्मास्युटिकलको सहयोगमा बिश्व फार्मेसी दिवसको अबसरमा प्रमुख प्रबन्धक थापाले यस्ताे बताएका हुन ।

जहाँ औसधि,त्यहा फार्मेसिस्ट ” Tranforming global health” भन्ने मुलनाराका साथ अन्तरास्ट्रिय फार्मेसी दिवस एक कार्यक्रमका बिच अल्का अस्पताल जावलाखेलमा सम्पन्न भएको छ।कार्यक्रमका प्रमुख अतिथि अल्का अस्पतालका प्रमुख प्रबन्धक कुमार थापा रहेका थिए । प्रबन्धक थापाले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै गुणस्तरीय स्वास्थ्य सेवामा अल्का अस्पताल अहोरात्र लागिपरेको,अझै हाम्रो टिमले सर्वसाधारणको गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुचमा पुर्याउने लक्ष्य रहेको बताएका छन । साथै स्वास्थ्य सेवा प्रबाहमा फार्मेसी जनशक्तिको अहम भुमिकाको प्रसङ्सा गरेका छन ।

उक्त कार्यक्रममा अल्का अस्पतालका सिईओ दिपेन्द्र पोखरेल, कन्सलटेन्ट अनुप थापा, क्वयस्ट फार्मास्युटिकलका मेनेजर शंकर ढकाल, नेपाल फार्मेसी संघका केन्द्रिय अध्यक्ष तथा नेपाल फार्मेसी काउन्सिलका सदस्य,अल्का अस्पताल फार्मेसीका प्रमुख अमृत खनाल लगायतकाे उपस्थिती रहेकाे थियाे । ढकालले फार्मेसी पेशाको महत्त्व र अस्पताल फार्मेसीको स्वास्थ्य सेवामा भुमिकाको चर्चा गरेका थिए उनले भने फार्मेसीले यस्तै काम गरिरहन अनुराेध समेत गरेका थिए ।

कार्यक्रममा नेपाल फार्मेसी संघका सुदुरपश्चिम प्रदेश सचिव भरत बुढाले अल्का अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवाका लागी प्रसङ्शा गर्दै दुर्गम बस्तीमा पनि अल्का अस्पताल पुग्न सकोस् र फार्मेसी पेशाको वर्तमान अवस्था लाई स्पस्ट परेका थिए ।कार्यक्रममा अस्पतालका फार्मेसी बिभागका कर्मचारीको उपस्थिति रहेकाे  थियो।

चर्चामा

सम्बन्धित समाचार