बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • गौरीफन्टा–त्रिनगर नाका भएर सोमवार ३३८ जना भित्रिए, १०५९ भारत गए

गौरीफन्टा–त्रिनगर नाका भएर सोमवार ३३८ जना भित्रिए, १०५९ भारत गए

  • मङ्लबार, अशोज ६, २०७७
गौरीफन्टा–त्रिनगर नाका भएर सोमवार ३३८ जना भित्रिए, १०५९ भारत गए

सुदूरपश्चिम प्रदेशका नाका भएर कोरोना भाईरसको महामारीकाबिच रोजगारीका लागि भारत जाने क्रम रोकिएैका छैन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गौरीफन्टा–त्रिनगर नाका र गड्डाचौकी नाका भएर भारत जानेको संख्या बढ्दै गएको छ।

सोमवार गौरीफन्टा नाकाबाट ७४ महिला, दुई सय २६ पुरुष र ३८ जना बालबालिका गरी तीन सय ३८ जना नेपाल भित्रिएका छन्। प्रशासनका अनुसार सोही नाका भएर सोमवार एक सय ४२ महिला, ८ सय २३ पुरुष र ९४ बालबालिका गरी एक हजार ५९ जना भारत गएका छन्।

उता गड्डाचौकी नाका भएर सोमवार २० महिला, ९८ पुरुष र १४ बालबालिका गरी एक सय ३२ जना स्वदेश फर्किएका छन् भने २० महिला, एक सय २६ पुरुष र १४ बालबालिका गरी एक सय ६० जना भारत गएका छन्।

चर्चामा

सम्बन्धित समाचार