शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • १२ वर्षदेखि बन्द रहेको चैनपुर विमानस्थल निर्माण सम्पन्न

१२ वर्षदेखि बन्द रहेको चैनपुर विमानस्थल निर्माण सम्पन्न

  • सोमवार, अशोज ५, २०७७
१२ वर्षदेखि बन्द रहेको चैनपुर विमानस्थल निर्माण सम्पन्न

करिब १२ वर्षदेखि बन्द रहेको बझाङको जयपृथ्वी नगरपालिका देवलस्थित चैनपुर (देवल) विमानस्थलको निर्माण कार्य पूरा भएको छ ।

अर्को साता परीक्षण उडान गरी दशैँमा उडान भर्न मिल्ने गरी हस्तान्तरणको तयारी भइरहेको छ । विमानस्थलको कालोपत्रे गरेर वरिपरि घेरबार लगाउने काम र नाली निर्माणको काम पूरा भएको हो । विमानस्थल सञ्चालन गर्न पटक–पटक यहाँका बासिन्दाले नागरिक उड्डयन प्राधिकरणमा दबाब दिँदै आएका थिए ।

सोही दबाबपछि २०७५ साउनमा विमानस्थल कालोपत्रे गर्न बोलपत्र आह्वान गरेर निर्माण कार्य अगाडि बढाइएको थियो । झण्डै पाँच करोड ५० लाख रुपियाँको लागतमा १८ महिनामा सो विमानस्थलको कालोपत्रे र घेरबार लगायतका काम भएका हुन् ।

विमानस्थल निर्माणको काम वैशाखमा सकिनुपर्ने भए पनि कोरोनाका कारण ढिला भएको ठेकेदार कम्पनीका प्रतिनिधि प्रदीप डङ्गोलले बताए ।

दशैँसम्म जहाज चलाउन मिल्ने गरेर विमानस्थल हस्तान्तरण गर्ने तयारी रहेको समेत उनले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा शैलेन्द्र रोकायाले लेखेका छन् ।

चर्चामा

सम्बन्धित समाचार