शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अर्थ
  • गरिब र कमजोर मुलकलाई वित्तीय सहयता जुटाउने कोषमा ४ अर्ब डलर थपिने

गरिब र कमजोर मुलकलाई वित्तीय सहयता जुटाउने कोषमा ४ अर्ब डलर थपिने

  • आइतवार, अशोज ४, २०७७
गरिब र कमजोर मुलकलाई वित्तीय सहयता जुटाउने कोषमा ४ अर्ब डलर थपिने

काठमाडौं —  दाताहरु एसियाली विकास कोष (एडीएफ) १३ र एसियाली सहायता विशेष कोष (टीएएसएफ) ७ का लागि थप ४ अर्ब अमेरिकी डलर थप गर्ने सहमति गरेका छन् । उनीहरुले ४ वर्षका लागि सो सहयता थप गर्ने भएका हुन् । यो थप सहयता २०१७–२० अवधीको थप सहयताभन्दा ७ प्रतिशत बढी हो । नयाँ अवधीका लागि थप सहयता एडीएफ–१३ का लागि ३ अर्ब करोड र टीएएसएफ–७ का लागि ५० करोड डलर हो ।

थप सहयतामध्ये २.३ अर्ब नयाँ दाता राष्ट्र अजरवैजान र फिलिपिन्स समेत ३० दाता राष्ट्रबाट हो । बाँकी सहयता आन्तरिक स्रोत, खुद आय, एडीएफको तरलता लगानीको आयबाट जुटेको हो ।
एडीएफ एसियाली विकास बैंकको सबैभन्दा ठूलो विशेष कोष हो । यो कोषबाट गरिब तथा कमजोर मुलुकलाई प्रदान गरिने वित्तीय अनुदान जुट्ने गर्दछ । कोषमा हरेक ४–४ वर्षमा रकम थप गरिन्छ ।

चर्चामा

सम्बन्धित समाचार