शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका ५७२४ जनाले जिते कोरोना, ८१७ ‘एक्टिभ केस’

सुदूरपश्चिमका ५७२४ जनाले जिते कोरोना, ८१७ ‘एक्टिभ केस’

  • शनिबार, अशोज ३, २०७७
सुदूरपश्चिमका ५७२४ जनाले जिते कोरोना, ८१७ ‘एक्टिभ केस’

सुदूरपश्चिम प्रदेशका थप १० जनाले कोरोना जितेका छन्। नियमित प्रेस ब्रिफिङमा प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले शुक्रवार थप १० जनाले कोरोना जितेको जानकारी दिए।

उनका अनुसार बझाङबाट सात र कञ्चनपुरका तीन जना जनालाई शुक्रवार डिस्चार्ज गरिएको हो। योसंगै प्रदेशमा पाँच हजार सात सय २४ संक्रमितले कोरोना जितेका छन्।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार अहिलेसम्म सबैभन्दा धेरै संक्रमित रहेको कैलालीका एक हजार ६ सय ७६ जना निको भएर घर फर्किएका छन्। यस्तै डोटीका नौँ सय २८, अछामका नौँ सय १२, कञ्चनपुरका ६ सय ९५ जना संक्रमित निको भएर घर फर्किएको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

बाजुराका चार सय ४२ जना, बझाङका तीन सय ८३, बैतडीका तीन सय २६, डडेल्धुराका तीन सय १६ र दार्चुलाका ४५ जना संक्रमित पनि डिस्चार्ज भएका छन्। स्वास्थ्य निर्देशनायका अनुसार प्रदेशमा संक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ। कैलालीमा चार सय ३०, डोटीमा एक सय १९, अछाममा ६६, बैतडीमा ६५, बझाङमा ५९, कञ्चनपुरमा ५१, बाजुरा, डडेल्धुरा र दार्चुलामा ९/९ जना संक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा शुक्रवारसम्म कोरोना संक्रमितको संख्या ६ हजार सात सय ५३ रहेको छ। संक्रमण पुष्टि भएका १५ जना संक्रमितको मृत्यु भईसकेको छ।

चर्चामा

सम्बन्धित समाचार