बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • राजनीति
  • सहयोगीमा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति देउवा होम आइसोलेसनमा

सहयोगीमा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति देउवा होम आइसोलेसनमा

  • शुक्रबार, अशोज २, २०७७
सहयोगीमा कोरोना पुष्टि भएपछि कांग्रेस सभापति देउवा होम आइसोलेसनमा

काठमाडौं : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। घरमा काम गर्ने एक जना सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि उनी होम आइसोलेसनमा बसेको देउवाको निजी सचिवालयले जनाएको छ। सचिवालयका अनुसार देउवा ५ दिन होम आइसोलेसनमा बस्ने र कोरोना भाइरस संक्रमण भए/नभएको परीक्षण गराउन स्वाब संकलन गरिनेछ।

सभापति देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित हुने भएको छ। बुधबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा बिहीबारका लागि प्रमुख प्रतिपक्षी विपक्षी दलका नेता देउवासँगको भेट तय गरेको थियो। यस अघिका छलफलमा भागबण्डा नमिल्दा संवैधानिक परिषदको बैठक बस्न सकेको छैन्।

कांग्रेसका तर्फबाट सभापति देउवा र केन्द्रीय सदस्य रमेश लेखक र प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र संसदीय दलका उपनेता सुवास नेम्वाड यस अगाडि पनि संवैधानिक निकायको नियुक्ति विषयको छलफलमा सहभागी हुँदै आएका थिए। नेकपाले गत साउन ३० मा पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न समस्या समाधान सुझाव कार्यदल गठन गर्नु अगाडी पनि यस विषयमा कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री ओलीले छलफल गर्दै आएका थिए।

४० पद रिक्तअख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ३, निर्वाचन आयोगमा २, मुश्लिम आयोगमा ४, थारु आयोगमा ४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ४, समावेशी आयोगमा ४, दलित आयोगमा ५, महिला आयोगमा ५, मधेसी आयोगमा ४ र आदीवासी, जनजाति आयोगमा ५ सदस्य नियुक्त गर्न वाँकी छ। अहिलेसम्म पनि मधेसी, दलित र आदिवासी जनजाति आयोगले अध्यक्ष पाएका छैनन्। यी आयोगमा अध्यक्षसहित चार जना अन्य पदाधिकारी रहने व्यवस्था छ। त्यस्तै केही विश्वविद्यालयका उपकुलपति र पदाधिकारी पद पनि रिक्त छ। यसमा पनि प्रतिपक्ष कांग्रेसले चासो राख्दै आएको छ।

चर्चामा

सम्बन्धित समाचार