शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कुपोषण न्युनिकरण गर्न बुढिनन्दामा “उप प्रमुख कोसेली कार्यक्रम”

कुपोषण न्युनिकरण गर्न बुढिनन्दामा “उप प्रमुख कोसेली कार्यक्रम”

  • बिहिबार, अशोज १, २०७७
कुपोषण न्युनिकरण गर्न बुढिनन्दामा “उप प्रमुख कोसेली कार्यक्रम”

बाजुरा–बुढिनन्दा नगरपालिकाले गर्भवति तथा सुत्केरी महिलाहरुको कुपोषण दर न्युनिकरणका लागि “उप प्रमुख कोसेली कार्यक्रम” सञ्चालन गरेको छ । नगरपालिकामा भएका सुनौला हजार दिनका आमाहरुलाइ लक्षित गरेर यो कार्यक्रम अगाडि बढाएको उपप्रमुख सृष्टि रेग्मिले बताएकि छन् ।
असोज १ गते बाट शुरु गरिएको उक्क्त कार्यक्रम मार्फत एकजना सुनौला हजार दिनका आमालाई कोसेली मार्फत १ क्यारेट अण्डा, ज्वानु, लुगा धुने, नुहाउने साबुन र आयोडिन युक्त पोका नुन दिने गरेको उपप्रमुख सृष्टि रग्मिले वताईन् । नगरपालिका महिलाले प्रसुती पश्चात यो कोसेली दिने गरेको छ । नगरपालिकामा सुनौला हजार दिनका आमाहरु कुपोषित हुने र स्वास्थ्य कमजोर हुने भएकाले यो अभियान शुरु गरेको उपप्रमुखले वताईन् । अर्को उनिहरुलाई पोषणयुक्त खानुपर्छ भन्ने बानि विकासका लागि यो अभियान गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले नगर सभाबाट “गर्भवति तथा सुत्केरी महिलालाई उप प्रमुख कोसेली कार्यक्रम” पारित गरेको थियो । असोज १ गते बाट औपचारिक रुपमा शुदुरपश्चिम प्रदेश सभा सदस्य बल्देब रेग्मीले बुढिनन्दा ३ कि शितलपुरा बिकको अभिभावकलाई कोसेली प्रदान गरि सुरुवात गरिएको छ । एक बर्षमा नगरपालिकामा बर्षमा ५ सयको हाराहारीमा गर्भवती हुने गरेको बुढिनन्दा स्वास्थ्य शाखाले जनाएको छ ।
उपप्रमुखले कोसेली कार्यक्रम मार्फत सुनौला हजार दिनका आमालाई गरेको यो अभियान राम्रो रहेको स्वयसेविका बिस्ना बिकले वताएकि छन् । यसले थोरै भएपनि आमाहरुलाई पोषिलो खानेवानीको विकास सँगै पोषणमा सहयोग पुग्ने वताएकि छन् । नगरपालिकाले स्थानिय स्वास्थ्य संस्थामा प्रसुती गराउन नसकि बाहिर रेफर गरिएका गर्भवती महिलालाई भाडा स्वरुप २० हजार दिने गर्ने निर्णय गरिएको छ । केन्द्रिय हवाइ उद्धार जटिल अवस्थामा मात्र गर्न मिल्ने र बैकल्पिक हवाइ र सडक को सुबिधा भएको बेला आफ्नै खर्चमा यात्रा गर्नु पर्दा आर्थिक समस्या भोग्नु पर्ने बाध्यता भएका गर्भवती महिलालाई यो सहयोग गर्ने उपप्रमुख रेग्मिले वताएकि छन् ।
नगरपालिकामा सानो उमेरमा बिवाह गर्ने चाडै धेरै बच्चा जन्माउने जस्ता समस्यारुले महिलाको स्वास्थ्य निकै कमजोर हुने गरेको छ । त्यो बेला आराम नहुने पोषिलो खानेकुरा खान नपाँउदा पनि कुपोषणको दर बढि रहेको पाईएको छ ।
फोटो क्यापसन
शुदुरपश्चिम प्रदेश सभा सदस्य बल्देब रेग्मीले बुढिनन्दा ३ कि शितलपुरा बिकको अभिभावकलाई कोसेली प्रदान गर्दै ।

चर्चामा

सम्बन्धित समाचार