बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • कञ्चनपुरमा इन्सपेक्टर सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट

कञ्चनपुरमा इन्सपेक्टर सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट

  • आइतवार, भदौ २८, २०७७
कञ्चनपुरमा इन्सपेक्टर सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट

धनगढी : कञ्चनपुरमा प्रहरीमाथि कार्यालयमै कुटपिट भएको छ। ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीमा प्रहरी निरिक्षक (इन्सपेक्टर) सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरिक्षक मुकेश सिहले ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरिक्षक वकिल बहादुर सिह सहितका प्रहरी कर्मचारीमाथि कुटपिट भएको घटनाको विषयमा छानविन गर्न निर्देशन दिईएको बताए।

‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएको रहेछ। सोही क्रममा प्रहरीमाथि कुटपिट भएको भन्ने छ।’ वरिष्ठ प्रहरी उपरिक्षक सिहले भने, ‘उक्त घटनाको छानविन गर्न निर्देशन दिईसकेका छौँ।’

यस्तै आक्रोशित स्थानीयले ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा समेत गरेको प्रहरीले दावी गरेको छ।   #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार