शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • सिरहा कारागारका ५९ जनामा कोरोना संक्रमण

सिरहा कारागारका ५९ जनामा कोरोना संक्रमण

  • बिहिबार, भदौ २५, २०७७
सिरहा कारागारका ५९ जनामा कोरोना संक्रमण

सिरहा : बुधबार सिरहामा ६७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।जसमा ५९ जना सिरहा कारागारका कैदी बन्दी रहेको छन्।अन्य संक्रमितमा ७ नेपाली सेना र एक मिर्चैया नगरपालिकाका रहेका छन्।

उनीहरुको पीसीआर रिर्पोट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।पछिल्लो ३ दिनमा सिरहामा १४२ कोरोना संक्रमण देखिएको छ।

योसँगै सिरहामा सक्रिय संक्रमितको संख्या २६५ पुगेको छ। अहिलेसम्म ३५५ जना निको भएर घर फर्किसकेका छन्।१० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार