बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुरा प्रहरीद्धारा अबैध मदिरा बरामत गरी नष्ट

बाजुरा प्रहरीद्धारा अबैध मदिरा बरामत गरी नष्ट

  • मङ्लबार, भदौ २३, २०७७
बाजुरा प्रहरीद्धारा अबैध मदिरा बरामत गरी नष्ट

बाजुुरा २३ भदौ– बाजुरा प्रहरीले लुकाई छिपाई ल्याईरहेको अबैध बदिरा बरामत गरी नष्ट गरेको छ । बुढीगंगा नगरपालिका २ अम्कोट नजिकै से १ क ११११ नम्बरको गाडीबाट बरामत गरि नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । गोप्ये सुचनाको आधारमा जिल्लाको खप्तड छेडेदह गाउपालिका ७ मा लैजादै गरेको ओरेन्ज लिची र सफर नामकको एक सय पेटी अबैध मदिरा बरामत गरीएको प्रहरीले बताएको छ ।


बरामत गरीएको मदिरा खप्तड छेडेदह ७ का ब्यापारी अंग ओलीको रहेको प्रहरीले बताएको छ । बरामत गरीएको मदिरा जनप्रतिनिधि, नागरिसमाजका अगुवा राजनैतिक दल र स्थानियको रोहोबरमा नष्ट गरिएको बताईएको छ । पछिल्लो समय लकडाउनकोमा बाजुरा जिल्लाका मदिरा निशेधित स्थानिय तहहरुमा अबैध मदिरा ओसार पसार धेरै भईरहेको सुचनाको आधारमा चेकजाच गर्दा फेला परेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार