शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • दुबै मृगौला फेल भएका मुक्तहलिया बिरेको परिवार बिचल्लीमा

दुबै मृगौला फेल भएका मुक्तहलिया बिरेको परिवार बिचल्लीमा

  • शनिबार, भदौ २०, २०७७
दुबै मृगौला फेल भएका मुक्तहलिया बिरेको परिवार बिचल्लीमा

बाजुरा–बुढिन्नदा नगरपालिका १ पिपलडाँलि बस्ने ६० बर्षिय दुबै मृगौला फेल भएका मुक्त हलिया विरे सार्कीको परिवार बिचल्लीमा परेको छ । एकातिर विरे उपचार अभाबमा घरमै जिवनमरणको दोसाधमा रहेका छन्, भने अर्कोतिर उनको परिवारमा चरम खाद्य संकट भएको स्थानिय मनविरे सार्कीले वताएका छन् ।
आर्थिक अबस्था निकै कमजोर भएका बिरेको परिवारलाइ अहिले निकै बिचल्लीमा परेको छ । बिहान बेलुका छाक टार्न पनि निकै धौ धौ भएको छ । बिरेलाइ उपचारका लागि काठमाडौ लगेपनि आर्थिक अभाब हुँदा उपचार गर्न नसकेर घर ल्याएको स्थानिय हिक्मत वडले वताएका छन् । विरेलाई दैनिक औषधि किनेर खानलाइ समेत पैशा नभएको उनले वताएका छन् ।
बिर सार्कीको घरमा ५ जना परिवार रहेका छन् । श्रीमति अमृता सार्की बाथरोगको बिरामी छन्, भने एउटा आँखा देख्न सक्दैन्न । उनका एक छोरा र एक छोरी शारिरिक अशक्क्त रहेका छन् । श्रीमान मृगौलो रोग बाट ग्रस्त भएपछि परिवार बिचच्लीमा परेको अमृता सार्कीले वताएकि छन् । श्रीमान खेताला लागेर परिवार पाल्ने गरेका थिए । श्रीमान नै अशक्क्त भएपछि परिवार नै समस्यामा परेको छ । अरुलाइ मागेर र गाँउलेको सहयोगमा परिवारले छाक टारिरहेको उनले वताएकि छन् ।
विरे सार्की साहुँको हलिया लागेर परिवार पाल्ने गरेका थिए । श्रीमति पनि बाथरोगले अशक्क्त छन् । घर समेत अरुको जग्गामा सानो छाप्रो बनाएर बसेका तिनको परिवारमा जग्गा एक सुक्का समेत नरहेको स्थानियले वताएका छन् । कसैले सहयोग र कसैले दियो भने खाने गरेका छौ नभए भोकै बस्नु पर्ने बाध्यता रहेको अमृताले रुदै बेदना पोखेकी छन् । अमृताले श्रीमानको उपचारका लागि सहयोग गरिदनका लागि पहल गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार