सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • विभिन्न कार्यक्रम गरी ५८ औ स्थापना दिवस मनायो बाजुरा रेडक्रसले

विभिन्न कार्यक्रम गरी ५८ औ स्थापना दिवस मनायो बाजुरा रेडक्रसले

  • शुक्रबार, भदौ १९, २०७७
विभिन्न कार्यक्रम गरी ५८ औ स्थापना दिवस मनायो बाजुरा रेडक्रसले

बाजुरा १९ भदाै– नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले ५८ औ स्थापना दिवस विभिन्न कार्यक्रमका गरि मनाएको छ । दिबस जिल्ला अस्पताल बाजुरामा रहेका विरामीहरु हरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको सभापति रम वहादुर शाहीले वताए । जिल्ला सभापति रम वहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रममा  प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे रहेका थिए ।

कार्यक्रममा रेडक्रसका कार्यक्रम सयोजक ईश्वरी सुवेदीले स्थापना दिवस मनाउनुको उद्देश्यका बारेमा जानकारी गराएकी थिईन । २०२० साल भाद्र १९ गते स्थापना भएको नेपाल रेडक्रस सोसाइटी विपद्कने समयमा तत्कालीन उद्धार र राहत, रक्तसञ्चार सेवा, एम्बुलेन्स सेवा, प्राथमिक उपचार लगायत अत्यावश्यकीय सेवाका साथै जीवन रक्षा, स्वास्थ्यप्रवर्धन, संरक्षण, लैङ्गिक समानता तथा समावेशी करण जस्ता क्षेत्रमा सञ्चालित सेवा र विकास मूलक गतिविधिहरू मार्फत हरेक वर्ष करीव २४ लाख जनता समक्ष पुग्ने गरेको छ । त्यसै अनुरुप बाजुरा जिल्लामा पनि रेडक्रसले राम्रो काम गरेकोमा प्रमुख अतिथी तथा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे ले रेडक्रस सोसाईटीको प्रसंशा समेत गरेका थिए ।
अस्पातलमा रहेका विरामीलाई फलफुल वितरणका साथै सेनीटाईजर र मास्क समेत वितरण गरीएको थियो । कार्यक्रममा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष भरत थापा, प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराई ,अनुसन्धान प्रमुख नरेन्द्र भट्ट ,रेडक्रसका पूर्व सभापति तिलक थापा , जिल्ला अस्पताल कार्यालय प्रमुख डा रुपचन्द्र वि.क. पत्रकार महासंघ पूर्व अध्यक्ष मदनराज जोशी ,नेकपा बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा र अन्य रेडक्रस कर्मीहरुको सभागिता रहको थियो । कार्यक्रममा उपस्थित अतिथीहरुले स्थापना दिवसको अवसरमा शुभकामना प्रदान गरेका थिए ।
यसरी नै जिल्लाका त्रिवेणी नगरपालिका र बुढिग‌गा नगरपालिकामा पनि विभिन्न सचेतना मुलक कार्यक्रमहरु गरेर रेडक्रसले स्थापना दिवस मानएको  सभापति रम वहादुर शाहीले धन्यवाद ज्ञापन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार