शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • मुख्य मन्त्रि आउने भनेपछि दुर्गन्धित कोल्टिको शिवपार्क सफा गरियो

मुख्य मन्त्रि आउने भनेपछि दुर्गन्धित कोल्टिको शिवपार्क सफा गरियो

  • बिहिबार, भदौ १८, २०७७
मुख्य मन्त्रि आउने भनेपछि दुर्गन्धित कोल्टिको शिवपार्क सफा गरियो

महेश कुमार कार्की
बाजुरा– बुढिनन्दा नगरपालिकाको कोल्टि बजारमा रहेको शिबपार्क मुख्य मन्त्रि सहितको टोलि आउने भनेपछि सफा गरिएको छ । फोहोरका रुपमा चिनिने पार्क र लामो समय देखी बजारको फोहोर फाल्ने पार्कका रुपमा रहेको शिबपार्क एकाएक शुदुरपश्चिमका मुख्य मन्त्रि त्रिलोचन भट्ट आउने भएपछि बुढिनन्दा नगरपालिकाले सफा गरेको छ ।
कोल्टि बजारको बिच भागमा रहेको शिवपार्क नगरपालिकाको ध्यान नजादा अब्यबस्थित र फोहोरमा परिणत भएको थियो । मुख्य मन्त्रि सहित शुदुरपश्चिम प्रदेशका अन्य मन्त्रि कोल्टिमा बाढीपहिरोको अनुगमन र राहत बितरणका लागि आउने जानकारी आएपछि नगरपालिकाले कर्मचारी लगाएर पार्क सफा गर्न लगाइएको थियो ।
नगरपालिका एक कर्मचारीले भने पहिला यो पार्कलाइ सफा गर्नका लागि वास्ता थिएन् । मन्त्रि आउने भएपछि एकाएक सफा गर्न लगाएको वताएका छन् । कोल्टि बिमान स्थलको .गेट पनि नजिकै शिवपार्क रहेको छ । कोल्टि क्षेत्रमा हुने अधिकांश कार्यक्रम यहि पार्कमा हुने गरेको छ । तर यसलाइ ब्यबस्थित गर्नका लागि कसैको ध्यान गएको छैन् ।
हुनत बुढिनन्दा नगरपालिकाले कोल्टि बजार ब्यबस्थापन गर्न सकेको छैन् । शिवपार्क ब्यबस्थापनका लागि बजेट धेरै खर्च भएको भएपनि ब्यबस्थित हुन सकेको छैन् । नेकपा, नेपाली काँग्रेस, सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रम यहि शिवपार्कमा हुने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार