मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका १ सय १० को रिपोट नेगेटीभ

बाजुराका १ सय १० को रिपोट नेगेटीभ

  • बुधबार, भदौ १७, २०७७
बाजुराका १ सय १० को रिपोट नेगेटीभ

बाजुरा– बाजुरा जिल्लाबाट पछिलो समय कोरोना परीक्षणका लागि पठाएका १ सय १६ जनामध्य १ सय १० जनाको रिपोट नेगेटिभ आएको छ । बाजुराबाट स्वाब संकलन गरि सेति प्रादेशीक अस्पताल कैलालीमा कोरोना परिक्षणको लागि पठाएको थियो । पठाएका मध्य छ जनाको परीक्षण हुँन बाँकी रहेको स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी असोक सिंहले बताएका छन्।
बाजुरा जिल्ला पछिल्लो समय पुणर्रुपमा जिल्ला लकडाउँन भएको छैन तर हिडडुल र आवतजातलाई ब्यवस्थापन मात्र गरीएको छ । यसले कोरोनको संक्रमण समाजमा फैलिने चिन्ता गरीरहेका बेला रिपोटका कारण जिल्लालाई थप हाईसन्चो भएको छ ।
बाजुरा जिल्लामा जिल्ला बाहिरबाट आएकाहरुको संख्या करिब बिस हजारको हाराहारीमा छ । पहिलो चरणमा ५ सय ८७ जनामा कोरोना भाइरसको सक्रमण पुष्टि भए पनि उनिहरु अहिले निको भएर घर गैसकेका छन् । बाजुरामा हालसम्म २ जनाको कोरोना सक्रमणबाट ज्यान गएको छ ।

चर्चामा

सम्बन्धित समाचार