मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • देश
  • पुरानो सामान सकियो नया ढुवानीमा समस्या सडक छिटो खोल्न ब्यापारिको अनुराेध

पुरानो सामान सकियो नया ढुवानीमा समस्या सडक छिटो खोल्न ब्यापारिको अनुराेध

  • बुधबार, भदौ १७, २०७७
पुरानो सामान सकियो नया ढुवानीमा समस्या सडक छिटो खोल्न ब्यापारिको अनुराेध

सदरमुकाम मार्तडीका ब्यापारीले आफुसंग पछिल्लो समय मौजात सामान नभएकोले ग्राहकहरुको आवश्यकता अनुसार सामान दिन नसकेको बताएका छन् । सडक चाँडो नखोलेमा पसल बन्द गर्नु पर्ने गुनासो गरेका हुन् ।
असार पहिलो साताबाट बाजुरा सदरमुकाम जोड्ने मुख्य साँफे मार्तडी सडक पहिरोका कारण अबरुद्ध भए पछि सदरमुकाम मार्तडी आउँने कुनै पनि सामाग्री आउँन सकेको छैन । पछिल्लो समय ब्यापारीहरुले खच्चर र भरियाद्धारा महंगो भाडा तिरेर केही समान ढुवानी गरीरहेका छन् । यसरी ढुवानी गर्दा उपभोक्त महगोमा सामान किन्न बाध्य भएका ब्यापारीहरुले बताएका छन् । खच्चड र भरियाबाट सामन ढुवानी गर्दा बिगतको भन्दा सामनको मुख्य केही बढी भएको ब्यापारीहरुले सुईकार्यका छन् । बर्षात पनि कम हुदै गएकोले जनप्रतिनिधि, राजनैनिक दल प्रशासन नागरिक समाज लगाएले छिटोपहल गरेर सडक खोल्न समेत ब्यापारीले अनुरोध गरेका छन् । बाटो बन्द हुँनु पुर्ब र अहिलेको बजार मुल्य धेरै फरक भएको गुनासो आएको जिल्ला प्रशासनमा आएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताएका छन् ।
‘हामी संग स्टक सामाननै छैन, खच्चरमा सामान ल्याउँनु परेको छ। पहिले गाडीले ल्याएको रेटमा कसरी समान दिन सकीन्छ ।,राज्यले चाँडो भन्दा चाँडो बाटो बनाई दिए पछि मात्र यो समस्या समाधान हुृन्छ।’ हाटबजारका ब्यापारी आनन्द जोशीले बताए।
ब्यापारीहरु सामान आफै पाईरहेका छैनन् । हाल सम्मत जेन तेन पुगाई रहेका छौ । सडक खोल्न पहल गरिनु पर्ने बताएका छन् । यहाँ बजारमा सामानको हाहाकार छ ।, एक दुई प्याकेट सामान ल्याएर बेच्नु परेको छ ।’ उद्योग बाणिज्य संघ बाजुराका अध्यक्ष देबबहादुर रोकायाले बताएका छन्।
पछिल्लो समय सस्तो लोक प्रीयताका लागि एक दुई केजी चामल दिएर बिपत्तीमा परेकाहरुलाई बिभिन्न संस्थाको नाममा राहात बाडेको प्रचार गरिएको छ । यो निति संगत नभएकोले यो राहात बाँड्ने अधिकार अरु संग नभएकोले यसो नगरि दिन प्रमुख जिल्ला अधिकारी गैह्रेले आग्रह गरेका छन्।
यस बारेमा गैर सरकारी महाँसंघ बाजुराका अध्यक्ष अग्निराज शाहीले भने ः‘हाम्रो जिल्लाबाट कियर नेपालको सहयोगमा गिफ्ट बाजुरा, सेभद चिल्डे्रनको सहयोगमा पिसविन र आईएनएफ बाजुराले प्रशासनको अनुमतिमा राहात बाँडेका छन् अरु कहाँ कहाँ बाट आएर राहात बाँडेका छन् त्यसको खबरदारी जिल्ला प्रशासनले गर्नु पर्ने शाहीले बताए । जिल्ला बाट संचालिन संस्थाहरुले मनोमा गरेको पाईए गैर सरकारी महासघले जिम्मा लिने बताए ।’
बुधबार बडिमालिका नगरपालिकाको आयोजनामा बजारमा म्याद गुजे्रेका र गुस्तरहिन सामाग्रीको बिक्री बितरण भएको भन्दै उपभोक्ता सचेतीकरण कार्यशाला गरीएको थियो । उक्त कार्याक्रमा जनप्रतिनिध, ब्यापारी र सरकारी निकायका प्रतिनिधी बिच समस्या समाधानका लागि छलफल भए छ ।
छलफलमा बाटोको दुरदसा हेरेर बजारमा सामानको मुल्यलाई बृद्धि नगर्न र सडक छिटो भन्दा छिटो खोल्न सबै आआफेनो तर्फबाट लाग्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार