शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामीकार्तिक गाउँपालिकाकाे मुक्तिकोटमा सुरक्षा डेस्क

स्वामीकार्तिक गाउँपालिकाकाे मुक्तिकोटमा सुरक्षा डेस्क

  • आइतवार, भदौ १४, २०७७
स्वामीकार्तिक गाउँपालिकाकाे मुक्तिकोटमा सुरक्षा डेस्क

बाजुरा —  बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका १ खोलीकोटको मुक्तिकोटमा सुरक्षा डेस्क  स्थापना गरिएको छ । एक कार्यक्रमकाबीच स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरन्जीवि शाही र वडा नं १ का वडाध्यक्ष जनक बहादुर रोकायाले संयुक्तरुपमा सुरक्षा डेस्कको उद्घाटन गरेका छन । अपराधिक गतिविधि नियन्त्रण गर्न र स्थानियलाई शान्ति सुरक्षा दिने उदेश्यले सो ठाँउमा अस्थाई क्याम्पको स्थापना गरीएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक टंकप्रसाद भट्टराईले बताए । ईलाका प्रहरी कार्यालय स्वामीकार्ति र प्रहरी चौकि जुड्डी बाट गस्ति गर्न कठिनाई हुनेभएको र सो क्षत्रमा भैरहने अपराधिक गतिविधि न्युनिकरण गर्नका लागि सुरक्षा पोष्टको स्थापना गरीएको भट्टराईले बताए ।

चर्चामा

सम्बन्धित समाचार