शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • रावल परिवारले पार्टी सभापतिमा उम्मेदवारी दिने उद्धघोष

रावल परिवारले पार्टी सभापतिमा उम्मेदवारी दिने उद्धघोष

  • शनिबार, भदौ १३, २०७७
रावल परिवारले पार्टी सभापतिमा उम्मेदवारी दिने उद्धघोष

नेपाल कांग्रेसको महाधिवेशन नजिकिए संगै विभिन्न जिल्लामा उम्मेदवारी घोषणा गर्ने क्रम चलेको छ| यसै क्रममा नेपाली कांग्रेसका युवा नेता एवम् नेवि संघ त्रिभुवन विश्वविधालय समिति सचीव योगेन्द्र रावलले आफ्नो ट्विटर एकाउन्टमा बाजुरा जिल्ला नेपाली कांग्रेस लाई पुर्नर्जिवन दिन उपयुक्त समयमा कांग्रेस पार्टी सभापतिमा रावल परिवार बाट उम्मेदवारी दिने घोषणा गर्नुभयो| देशमा कोईराला परिवार को जस्तै बाजुरामा जिल्लामा रावल परिवारको राम्रो पकड छ|

बाजुरा जिल्लामा बि.स.२०४८,२०५६,२०६४ को निर्वाचन कांग्रेस नेता एवम् पुर्व पार्टी सभापति मन बहादुर रावलको नेतृत्वमा बिजय हासिल गरेको थियो| निरन्तर २७ बर्ष पार्टी सभापति रहेर कांग्रेसलाई ३/३ निर्वाचनमा बिजय हासिल गराए पनि बि.स.२०७० सालको निर्वाचनमा भने पुर्व पार्टी सभापति मन बहादुर रावलले निर्वाचन लड्दा पार्टीकै थुप्रै नेता-कार्यकर्ताले पार्टी भित्र बिद्रोह गरि निर्वाचन हराएका थिए| त्यसपछिका दुईवटै निर्वाचनमा कांग्रेस ले प्राजय भोगिसकेको छ| सचीव रावलले ट्विट गर्दै “कांग्रेस बिजयको झण्डा (बाजुरा) २०४८,२०५६,२०६४ मा फहराउँदा पार्टीको नेतृत्व रावल परिवार बाट भयो|

हामी लामो प्राजय भोगेका बाजुरेली जनतालाई उत्साहित पार्दै कांग्रेस बाजुरालाई पुनर्जीवन दिन,उपयुक्त समयमा रावल परिवार बाट पार्टी सभापतिमा उम्मेदवारी घोषणा गर्दैछौं|” सचीव रावलले निरास भएका हाम्रा मतदाताई उत्साहित पार्न सबै नेताहरूको सल्लाहमा चाडै रावल परिवार बाट उम्मेदवारी घोषणा गर्ने उल्लेख गरेका छन् | हामी बिभाजनमा होईन एकतामा बिश्वास गर्छौं भन्दै नेता रावलले सबै बाजुरेलिलाई जुटाउने क्षेमता रावल परिवारले मात्र राख्ने र त्यसको नेतृत्व पनि रावल परिवारले गर्नुपर्ने बेला आएको उल्लेख गरेका छन् |

चर्चामा

सम्बन्धित समाचार