बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • संक्रमितको संख्या २ करोड ४० लाख, के छ सार्क राष्ट्रको अवस्था?

संक्रमितको संख्या २ करोड ४० लाख, के छ सार्क राष्ट्रको अवस्था?

  • बिहिबार, भदौ ११, २०७७
संक्रमितको संख्या २ करोड ४० लाख, के छ सार्क राष्ट्रको अवस्था?

विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ४० लाख नाघेको छ। बिहीबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ४० लाख ८५ हजार ६ सय ४६ जना संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ५८ लाख २१ हजार १ सय ९५ पुगेको छ। त्यस्तै ब्राजिलमा ३७ लाख १७ हजार १ सय ५६, भारतमा ३२ लाख ३४ हजार ४ सय ७४ र रुसमा ९ लाख ६८ हजार २सय ९७ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ लाख २४ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार ८ लाख २४ हजार २ सय ३० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ७९ हजार ६ सय ९५, ब्राजिलमा १ लाख १७ हजार ६ सय ६५, मेक्सीकोमा ६२ हजार ७६, बेलायतमा ४१ हजार ५ सय ५१ , इटालीमा ३५ हजार ४ सय ५८ जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड ५७ लाख २३ हजार १ सय २४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ।

बिहिबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३० लाख ८२ हजार ४ सय ४७, अमेरिकामा २० लाख ८४ हजार ४ सय ६५, रुसमा ७ लाख ८४ हजार २ सय ७७ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ३४ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये १९ हजार ५ सय ४ जना संक्रमणमुक्त भएका छन् भने १ सय ७५ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ३२ लाख ३४ हजार ४ सय ७४ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ५९ हजार ४ सय ४९ पुगेको छ। भारतमा हालसम्म २४ लाख ६७ हजार ७ सय ५८ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म २ लाख ९४ हजार १ सय ९३ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार २ सय ६७ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ७८ हजार ९ सय ३९ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख २ हजार १ सय ४७ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ८२ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा १ लाख ९० हजार १ सय ८३ छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार १ सय १३ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय १ जनाको मृत्यु भइसकेको छ भने २९ हजार ४२ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ७ हजार २ सय २५ जना रहेको छ। मृत्यु हुनेको संख्या २८ छ भने उपचारपछि निको हुनेको संख्या ४ हजार ५ सय ६१ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या २ हजार ९ सय ८४ जना रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १२ छ भने निको हुनेको संख्या २ हजार ८ सय १९ रहेको छ।

भुटानमा संक्रमितको संख्या १७६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ११८ छ।

चर्चामा

सम्बन्धित समाचार