बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • साउदीमा अलपत्र परेका बाजुराका एक युवा उद्धार हुदै

साउदीमा अलपत्र परेका बाजुराका एक युवा उद्धार हुदै

  • बिहिबार, भदौ ११, २०७७
साउदीमा अलपत्र परेका बाजुराका एक युवा उद्धार हुदै

साउदी अरबमा रोजगार विहीन भएर अलपत्र परेका बाजुराका एक युवालाइ उद्धार गरिएकाे छ । ५ जना नेपाली मध्ये बाजुरा बुढीगंगा नगरपालिका १० का नरबहादुर रावलका लागि नेपाल र भारतबाट आर्थिक संकलन गरि पठाइएपछि उनि नेपाल फर्किन पाउने भएका छन ।

भारतमा रहेका हेमन्त जोशी, राजन रावत, भीम रावलको नेतृत्वमा ५० हजार ५ सय भारतिय र नेपालमा खगेन्द्र सिंह, जगत शाही, रुगम रावल, तपेश रावलको नेतृत्वमा ३५ हजार नेपालि संकलन गरेर साउदीमा रहेका बाजुराका नरबहादुर रावलको खातामा पठाइएको छ ।  रावलले पैँसा पाएपछि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन ।

नर बहादुर रावल डेढ वर्ष अघि साउदी अरब रोजगारीका लागि गएका थिए। काठमाडौंको मिता म्यानपावर कम्पनीबाट साउदी अरब काम गर्न गएका नेपालीहरु पछिल्लो ६ महिनादेखि रोजगारविहीन भएका कारण भोक-भोकै रहने अवस्थामा पुगेका थिए। साउदी अरबको जेद्दा जिल्लाको अलखुम्रास्थित एआईजी नामक कम्पनीमा कार्यरत नरबहादुर रावल, खोटाङ जन्तेढुंगा गाँउपालिका ९ का दिनेश भुजेल, दाङका भुवनेश्वर शर्मा, रोल्पाका तिलक डाँगी र काभ्रेपलान्चोकका चन्द्रमान बोम्जन अहिले रोजगारविहीन भएपछि अलपत्र परेका थिए ।

चर्चामा

सम्बन्धित समाचार