शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा कोरोना जित्नेको संख्या ४४०० पुग्यो

सुदूरपश्चिममा कोरोना जित्नेको संख्या ४४०० पुग्यो

  • मङ्लबार, भदौ ९, २०७७
सुदूरपश्चिममा कोरोना जित्नेको संख्या ४४०० पुग्यो

सुदूरपश्चिममा कोरोना मुक्त हुनेको संख्या चार हजार चार सय पुगेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले अहिलेसम्म चार हजार चार सय जना संक्रमित कोरोना मुक्त भएको दावी गरेको हो।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा उक्त जानकारी दिए। उनका अनुसार सोमवार मात्रै प्रदेशका २१ जना कोरोना मुक्त भएर घर फर्किएका छन्।

टीकापुर अस्पताल कैलालीबाट १५ जना, दार्चुलाबाट पाँच र अछामका एक जनालाई डिस्चार्ज गरिएको हो। हिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार तीन सय एक जना संक्रमित डिस्चार्ज भएका छन्।

अछामका सात सय १३, कञ्चनपुरका पाँच सय ८१, डोटीका पाँच सय ७६ र बाजुराबाट चार सय ४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। बैतडीबाट तीन सय २२, डडेल्धुराबाट दुई सय ९९, बझाङबाट एक सय १० र दार्चुलाबाट ४१ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस अर्थात संक्रिय संक्रमित नौँ सय २९ रहेका छन्। संक्रमण पुष्टि भएका र लक्षण देखिएका ६३ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

महाकाली अस्पतालमा २३, सेती प्रादेशिक अस्पतालमा १४, टीकापुर अस्पतालमा ११, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटी र डडेल्धुरा अस्पतालमा दुई//दुई र मालाखेती अस्पतालमा एक जना संक्रमितको उपचार भईरहेको छ। अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार