शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि

  • सोमवार, भदौ ८, २०७७
सुदूरपश्चिमका थप ५७ जनामा कोरोना पुष्टि

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका थप ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार एक सय ६ जनाको कोरोना परीक्षण भएकोमा ५७ जनामा संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ३१ जना, टीकापुर नगरपालिकाका ८ जना, गौरीगंगा नगरपालिकाका ७ जना र जानकी गाउँपालिकाका एक जना गरी ४७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ८ जना, कञ्चनपुरकै महाकाली नगरपालिकाका एक जना र बैतडीको नेपाली सेना गणका एक जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले बताए।  योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार ४ सय ६३ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार