शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • धनगढीमा समुदायमा फैलिदै कोरोना, ‘ट्राभल हिस्ट्री’ नभएका १८ जनामा संक्रमण

धनगढीमा समुदायमा फैलिदै कोरोना, ‘ट्राभल हिस्ट्री’ नभएका १८ जनामा संक्रमण

  • शनिबार, भदौ ६, २०७७
धनगढीमा समुदायमा फैलिदै कोरोना, ‘ट्राभल हिस्ट्री’ नभएका १८ जनामा संक्रमण

 सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा समुदायस्तरमै कोरोना भाईरसको संक्रमण फैलिन थालेको छ। बाह्य ‘ट्राभल हिस्ट्री’ नभएका व्यक्तिमा संक्रमण पुष्टि हुन थालेको बताउँदै धनगढी उप–महानगरपाकिालले पनि समुदायमा संक्रमण फैलिदै गएको जनाएको छ।

शुक्रवार ३० जनामा संक्रमण पुष्टि भएकोमा तीन जनाको बाह्य ‘ट्राभल हिस्ट्री’ नै नभेटिएको उप–महानगरपालिकाकाले जनाएको छ। शुक्रवार संक्रमण पुष्टि भएका एक जना महिला सेती अस्पतालमा कार्यरत छिन् भने वडा नम्वर ४ का संक्रमित स्थानीय व्यापारी हुन्। अर्का संक्रमितको खोजी भईरहेको छ।

उप–महानगरपालिकाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले समुदायमा कोरोना देखिन लागेको बताए। ‘अहिलेसम्म धनगढीका एक सय ७४ जनामा कोरोना पुष्टि भएको छ,’ उनले भने, ‘ति मध्ये १८ जनाको बाह्य ‘ट्राभल हिस्ट्री’ नै छैन्। झण्डै ११ प्रतिशत संक्रमित स्थानीय छन्।’

उनले अहिले निषेधाज्ञा जारी भएको बताउँदै यो समयमा परीक्षण बढाएर समुदायमा संक्रमणको अवस्था यकिन गर्नुपर्ने बताए। धनगढीमा कार्यरत प्रहरी, व्यापारी, निर्माण सेवामा कार्यरत कर्मचारी, बैंकका कर्मचारी, स्वास्थ्यकर्मी पनि कोरोना पुष्टि भएको थियो।

चर्चामा

सम्बन्धित समाचार