शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बयलपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र ३ जना बिरामीमा कोरोना संक्रमण

बयलपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र ३ जना बिरामीमा कोरोना संक्रमण

  • शुक्रबार, भदौ ५, २०७७
बयलपाटा अस्पतालका १९ स्वास्थ्यकर्मी र ३ जना बिरामीमा कोरोना संक्रमण

अछामको बयलपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र तीन बिरामी गरी २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगानाका अनुसार अस्पतालमा कार्यरत १९ स्वास्थ्यकर्मी र सोही अस्पतालमा उपचार गराइरहेका तीनजना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार जम्मा ३७ जनामा संक्रमण देखिएको ढुंगानाका बताए । ‘१९ जना बयलपाटा अस्पतालका स्वास्थ्यकर्मीहरु हुनुहुन्छ, तीनजना बिरामी छन्,’ स्वास्थ्य प्रमुख ढुंगानाले भने, ‘चारजना बयलपाटा क्षेत्रमा कार्यरत प्रहरी कर्मचारी हुन ।’

यस्तै पञ्चदेवल बिनायक नगरपालिका नौ र बान्नीगढी जयगढ गाउँपालिकाका दुई जनामा पनि संक्रमण देखिएको ढुंगानाले बताए । स्वास्थ्यकर्मीहरुमा प्रयोशालामा काम गर्ने प्राविधिकहरु रहेका छन् । बयलपाटा अस्पतालका स्वास्थ्यकर्मी र बिरामीमा संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको ढुगानाले बताए। यसअघि पनि अस्पतालका दुईजनामा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको थियो ।अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार