मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • निर्धन उत्थान लघु बित्त बित्तिय संस्था लिमिटेड शाखाद्धारा राहात बितरण

निर्धन उत्थान लघु बित्त बित्तिय संस्था लिमिटेड शाखाद्धारा राहात बितरण

  • शुक्रबार, भदौ ५, २०७७
निर्धन उत्थान लघु बित्त बित्तिय संस्था लिमिटेड शाखाद्धारा राहात  बितरण

बाजुरा — निर्धन उत्थान लघु बित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यलय मार्तडी बाजुराले २०७७ साउन २५ गते बुढिगंगा नदीमा आएको बाढीले क्षति पुर्याएका आफ्ना सदस्य हरूलाइ राहात रकम बितरण गरेको छ ।

संस्थाले आफ्ना नियमित ग्राहाक सदस्य हरूलाइ विपत्ति,बाढी पहिरो,आगलागि,भुकुम्प आदि बाट क्षति भएका लाइ राहात बाँड्ने नीती अनुसार राहात बितरण गोरिएको हाे  ।

गौमुल गाँउपालिका द्धारीपाटाका १३ जना सदस्य, बडिमालिका नगरपालिका वडा नं २ मैमातोलाका ७ जना सदस्य, सोहि वडा को घागरका २२ जना सदस्य, बडिमालिका नगरपालिका वडा नं  ४ ओलेनाका ९ जना सदस्य, बुढीगंगा नगरपालिका वडा नं १ नडाँङका १ जना गरि जममा ५१ जना सदस्यलाइ नगद रूपमा  रू १ लाख ४० हजार राहतमा वितरण गरेकाे निर्धन उत्थान लघु बित्त बित्तिय संस्था लिमिटेड शाखा कार्यलय बाजुराका प्रमुख हरिवाेल भट्टराइले बताएका छन ।

राहात बितरण कार्यक्रममा बडिमालिका नगरपालिका वडा नं ४ का वडाअध्यक्ष  सुरेन्द्र नाथ, वडा नं २ का वडा सदस्य  अर्जुन बहादुर कार्कि, शाखा प्रमुख श्री हरिबोल भट्टराइ तथा समुहका अध्यक्षहरूको उपस्थितिमा एक कार्यक्रमका बिच राहात बितरण गरिएकाे संस्थाका कर्मचारी कमल बडुवालले जानकारी दिएका छन ।

कार्यक्रममा जनप्रतिनिधिले विपदकाे समयमा आफ्ना ग्राहाक सदस्यलाइ राहात बितरण गरेकोमा संस्थालाइ धन्यवाद ज्ञापन गर्नुका साथै संस्थाको आर्थिक कारोबारको साथमा, सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत संचालन गरेको बताएका छन । कार्यक्रममा बोल्दै शाखा प्रमुख  हरिबोल भट्टराइले निर्धन उत्थान लघुबित्त ७७ वटै जिल्लामा कार्य क्षेत्र भएको एक मात्र लघु बित्त बित्तिय संस्था भएको र यस संस्थाले आर्थिक कारोवारका साथमा आफ्ना सदस्यहरूको दुखमा साथ दिदै आएको र आगामि दिनहरूमा समेत बिभिन्न कार्यक्रम मार्फत साथ र सहयोग गर्दै जाने बताएका छन ।

साथै कार्यालय प्रमुख भट्टराइले राहात बितरण कार्यक्रममा सहयोग गर्नुहुने स्थानीय तहका जनप्रतिनिधिलाइ धन्यवाद ज्ञापन गरेका छन् । राहात बितरणको कार्यक्रमको सहजिकरण संसथाका कर्मचारी अर्जुन सिंह जोशी, कमल बहादुर बडुवाल, प्रबिन रोकाया र दल बहादुर रावत ले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार