बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • अछामको सैनीबजारका ११ जना अझै बेपत्ता

अछामको सैनीबजारका ११ जना अझै बेपत्ता

  • शुक्रबार, भदौ ५, २०७७
अछामको सैनीबजारका ११ जना अझै बेपत्ता

कैलाश खोलामा आएको बाढीले बगाएका रामारोशन गाउँपालिका वडा नम्वर ५ सैनीबजारका ११ जना अझै फेला परेका छैनन्। मंगलबार रातिको बाढीले सैनीबजारका २२ घर बगाउँदा चार परिवारका १७ जना बेपत्ता भएका थिए। बुधबार ६ जनाको शव भेटिए पनि अझै ११ जना बेपत्ता रहेका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए।

उनका अनुसार भेटिएकामध्ये ५ वटा शव जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ। एक जनाको शवलाई भेटिएकै ठाउँबाट आफन्तको जिम्मा लगाइएको छ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायले सैनीबजारका १८ परिवारसहित कैलाश खोलाकै बाढीले मुजाबगर, गजड, खालबजार, पुलबजारलगायतका ठाउँका धेरै परिवार विस्थापित भएको बताए।

उनीहरुको व्यवस्थापन गर्न समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। विस्थापित परिवारका लागि तत्कालै गाउँपालिकाले राहतको व्यवस्था गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार