शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • चुनाब चिन्ह हलो भए (राप्रपा) प्रवासी नेपाली एकता समाज युरोपका सदस्यहरुले राजिनामा दिने

चुनाब चिन्ह हलो भए (राप्रपा) प्रवासी नेपाली एकता समाज युरोपका सदस्यहरुले राजिनामा दिने

  • बिहिबार, भदौ ४, २०७७
चुनाब चिन्ह हलो भए (राप्रपा) प्रवासी नेपाली एकता समाज युरोपका सदस्यहरुले राजिनामा दिने

चुनाब चिन्ह हलो भए (राप्रपा) प्रवासी नेपाली एकता समाज युरोपका सदस्यहरुले राजिनामा दिने बताएका छन ।  राप्रपा र राप्रपा संयुक्तको एकता पछि लामो समय सम्म दल दर्ता नहुनु र चुनाब चिन्ह गाई छोडेर हलो हुने भन्ने कुरा बाहिर आए संगै (राप्रपा) प्रवासी नेपाली एकता समाज युरोपका धेरै सदस्य हरुले राजिनामा दिने अवस्थामा पुगेका छ्न।

स्रोतका अनुसार राप्रपाको लोकप्रिय चुनाब चिन्ह गाई नभएको खन्डमा स्वदेश एवं बिदेशमा सक्रिय रहेका सयौं कार्यकर्ता सहित प्रवासी नेपाली एकता समाज युरोपका केही कमिटी समेत बिघटन हुन सक्ने बताएका छन। स्रोतका अनुसार अहिले गाई कि हलो भन्ने बिषय न टुंगी सकेकाले हामी अहिले पर्ख र हेरमा रहेका छाै राप्रपाका एक नेताले बताए ।

तर गाई चुनाब चिन्ह हटेर हलो वा अन्य भएको दिन सोही समयमा नै आफुहरु संवैधानिक राजसस्था र हिन्दुराष्ट्रमा आस्थावान भएकाले अन्यन्त्र कतै प्रवेस नगर्ने तर राप्रपाको साधारण सदस्य समेत नरहने गरि निष्क्रिय रहने तयारी रहेको बताएका छन। स्रोतका अनुसार आफुहरुले राजिनामा पत्र समेत तयारी अवस्थामा राखेका छौ। जुन दिन गाई चुनाब चिन्ह हराउछ हामी संयुक्त रुपमा राजिनामा दिनेछौ तर चुनाब चिन्ह गाई नै रहेको खन्डमा भने हामीपहिले झै सक्रिय रहि पार्टीमा योगदान गर्ने बताएका छन। यस बिषयमा बाजुराका पनी केही नेताहरूकाे असन्तुस्टी रहेकाे राप्रपा नेता हिमाल शाहीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार