बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • पहिरोका कारण हिमालीका ९६ घर परीवार विस्थापित

पहिरोका कारण हिमालीका ९६ घर परीवार विस्थापित

  • सोमवार, भदौ १, २०७७
पहिरोका कारण हिमालीका ९६ घर परीवार विस्थापित

अनिल शाही/बाजुरा,१ भदौ : बाजुराको हिमाली गाउँपालिकामा बस्ती माथिबाट पहिरो झर्न थाले पछि स्थानिय विस्थापित भएका छन । जिल्लाको पूर्वीत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकाको वडा नं ५ क्युडी गाउँ माथिबाट पहिरो झर्न थाले पछि ९६ परिवार विस्थापित भएका छन ।

गत एक साता देखि लगातार परिरहेको वर्षाका कारण बस्ती माथिबाट पहिरो झर्दा ७ वटा घर क्षति ग्रस्त भएका छन्, भने गाउँ नै उच्च जोखिममा परे पछि स्थानिय अहिले विभिन्न स्थानमा पाल हालेर बसीरहेको हिमाली गाउँपालिकाका प्रवक्ता रमेश विकले वताएका छन् । गाउँमाथिबाट पहिलो झर्न थाले पछि अहिले गाउँले स्थानिय मन्दीर क्षेत्र देखि विभिन्न स्थानमा त्रिपाल टासेर बसी रहेका विकले वताए ।

पहिरोले स्थानियको झण्डै १ हजार पाथी रोपनी जग्गामा समेत क्षति पु¥याएको छ । आज मात्र गाउँपालिकाका अध्यक्ष सहित प्रहरी टोलि त्यस तर्फ गई तत्काल राहत स्वरुप पाल वितरण कार्य गरिएको हिमाली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत जनक शाहीले वताए । गाउँपालिकाले राहत स्वरुप त्रिपाल र खाद्यको जोहो गरे पनि स्थानिय भने निकै सास्ती खेपीरहेका पिडीतहरुले गुनासो गरेका छन ।

भौगोलिक रुपमा जिल्लाकै ठुलो हिमाली गाउँपालिकाका विभिन्न वस्तीहरु निकै विकट स्थानमा रहेकाले प्राकृतिक प्रकोपमा तत्काल राहतका लागि पनि अप्ठेरो हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार