मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाचार
  • लिदीमा पहिरो : थप तीन जनाको शव फेला, अझै १७ बेपत्ता

लिदीमा पहिरो : थप तीन जनाको शव फेला, अझै १७ बेपत्ता

  • सोमवार, भदौ १, २०७७
लिदीमा पहिरो : थप तीन जनाको शव फेला, अझै १७ बेपत्ता

गत शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोबाट थप तीन जनाको शव फेला परेको छ। सोमबार बिहान थप तीन जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। तीन जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या २२ पुगेको छ।

शुक्रबार बिहान साढे ६ बजे लिदीमा पहिरो जाँदा ३७ घर पुरिएका थिए। डिएसपी माधवप्रसाद काफ्लेका अनुसार अझै १७ जना बेपत्ता छन्। सोमबार बिहान २२ वर्षीय छविलाल भन्ने अजय दोङ, १० वर्षीय सुरज दोङ र उनका ६ वर्षीय भाइ सुमन दोङको शव फेला परेको हो। आइतबार १२ वर्षीय हिन्दुस दोङको शव फेला परेको थियो।

त्यस्तै, शनिबारमात्रै सात जनाको शव फेला परेको कार्यालयले जनाएको छ। १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, ११ वर्षीया च्यामा दोङ, ७ वर्षीया विमला दोङ, ७ महिने बालक कबिर दोङ, ११ वर्षीया लक्ष्मी दोङ र ३० वर्षका मानबहादुर दोङको शव फेला परेको हो।

शुक्रबार पहिरो गएकै दिन पाँच जनाको उद्धार समेत गरिएको थियो। उनीहरूको चौतारा र काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। त्यसमध्ये एक जना डिस्चाज समेत भइसकेका छन्। प्रहरी, सेना तथा सशस्त्र प्रहरीले बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन्।

चर्चामा

सम्बन्धित समाचार