शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • दुई हप्ता देखि कोल्टीमा विद्युत्त अवरुद्ध, ९ सय उपभोक्ता अध्याँरोमा

दुई हप्ता देखि कोल्टीमा विद्युत्त अवरुद्ध, ९ सय उपभोक्ता अध्याँरोमा

  • सोमवार, भदौ १, २०७७
दुई हप्ता देखि कोल्टीमा विद्युत्त अवरुद्ध, ९ सय उपभोक्ता अध्याँरोमा

जीवन कैला —  बाजुराको बुढीनन्दा नगररपालिकामा करीव दुई हप्ता देखि विद्युत सेवा पुर्णरुपमा अवरुद्ध भएको छ । नगरपालिकाको वडा नं दुई कोल्टीमा सञ्चालित बड्डीगाड लघुजलविद्युत आयोजनाको नहर भत्किदा गत १४ गते देखि विद्युत सेवा अवरुद्ध भएको हो । लगातारको अविरल वर्षा संगै आएको वाढी पहिरोले सिराडी देखि दान्सागु सम्मको नहरको ठाँउ ठाँउमा पहिरो गएकाले विद्युत सेवा सञ्चालनमा आउन नसकेको उपभोक्ता समितिले जनाएको छ ।

वडा नं तिनको सिराडी देखि दान्सागु सम्मको करीव २ किलोमिटर नहरको विच ठाँउमा पहिरो जादा विद्युत पुर्णरुपमा अवरुद्ध भएको ब्यवस्थापक धुर्व रेग्मीले जानकारी दिनुभएको छ । उहाँका अनुसार सो नहरको १ किलोमिटर ७ सय ६५ मिटरको ठाँउ ठाँउमा पहिरोले क्षेति पुर्याएको छ । नहर माथि बाट खसेको पहिरोले ११ मिटर नहर भत्किएको र ७० मिटर नहर माटोले पुरीएको ब्यवस्थापक रेग्मीले बताउनुभयो । लगातारको वषाले गत १४ गते देखि अवरुद्ध भएको विद्युत सेवा अहिले सम्म पनि सञ्चालमा नआउदा नगरपालिकाका करीव ९ सय घरधुरीका उपभोक्ता अध्याँरोमा बस्न वाध्य भएका छन ।

वडा नं १,२,३ र ५का ८ सय ९० घरघुरीका उपभोक्ता अध्याँरोमा वस्न वाध्य भएका हुन । जिल्लाको दोश्रो ठुलो ब्यापारीक केन्द्र कोल्टी बजारमा लामो समय देखि विद्युत अवरुद्ध हुदा विभिन्न ब्यवसायमा आवद्ध ब्यवसायिलाई थप सास्ती भएको छ । वेला वेलाको अवरुद्ध विद्युत्त निरन्तर सञ्चालनमा नआउदा करीव तिन महिना देखि राम्रो संग उद्योग सञ्चालन गर्न नपाएको जयहनुमान उद्योग सञ्चालक प्यारुनाथ सुनारले बताउनुभयो । उद्योगका सवै काम विद्युत बाटै हुने बताउदै उहाँले पुर्ण रुपले उद्योग सञ्चालन गर्न नपाउदा आफ्नो रोजीरोटी गुमेको र कर्मचारीलाई समेत तलव दिन नसकेको उहाँले गुनासो गर्नुभएको छ । कोल्टीमा विद्युत नहुदा स्थानियलाई सामान्य मोवाईल चार्ज गर्न पनि समस्या भएको केशव बुढाले बताउनुभएको छ ।

विद्युत नहुदा सरकारी तथा गैरसरकारी कार्यालय लगायत अन्य कामकाज समेत प्रभावित भएका छन । लामो समय देखि विद्युत अवरुद्ध हुदा कोल्टीमा सञ्चालित स्वास्थ्य कार्यालय, मेडिकल, होटल, पसल, पोल्ट्री फर्म, उद्योग लगायत आम उपभोक्तालाई असर परेको छ । वत्ति नभएका कारण मेडिकलमा एक्सरेका लागि आउने विरामीलाई उपचार गर्न समस्या भएको नविन मेडिकलका रेडियोग्राफि बसन्त शाहीको गुनासो छ । विद्युतको नहर माथि कच्ची सडक निमार्ण भएको छ । वर्षातको समयमा वेलावेला सडकको पहिरोले विद्युत नहरलाई ठुलो क्षेति पुर्याएको छ । करीव ५ करोड भन्दा वढी लागत खर्च भैसक्दा पनि बड्डीगाड लघुजलविद्युत आयोजना दिगो हुन सकिरहेको छैन । कहिले नहर भत्कीने त, कहिले मेसिन विग्रिने समस्याले विद्युत सेवा दिगो हुन नसकेको जनाईएको छ ।

नगरपालिकाकले विद्युत मर्मतका लागि वेला वेला रकम खर्चिए पनि त्यो प्रभावकारी नभएको स्थानियले बताएका छन । गत आर्थिक वर्षमा मात्र नगरपालिकाले विद्युत ब्यवस्थापनका लागि १७ लाख रकम ब्यवस्थापक गरेको थियो । भुगोलको समस्या र नहर माथि बाट कटान भएको सडक बाट पहिरो खस्ने समस्याले हैरान बनाएको छ । नगरपालिकालाई विद्युत दिगो बनाउनका लागि वैकल्पीक नहरको ब्यवस्थापन गर्नुपर्नेमा स्थानियले जोड दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार