शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा लगायत सुदुुर पश्चिमका सबै जिल्लामा आज ‘वल्के’(गाभे संक्राती) पर्व मनाईदै

बाजुरा लगायत सुदुुर पश्चिमका सबै जिल्लामा आज ‘वल्के’(गाभे संक्राती) पर्व मनाईदै

  • सोमवार, भदौ १, २०७७
बाजुरा लगायत सुदुुर पश्चिमका सबै जिल्लामा आज ‘वल्के’(गाभे संक्राती) पर्व मनाईदै

बाजुरा लगायत सुदूरपश्चिम प्रदेशमा आज ‘वल्के’ अर्थात गाभे संक्राती पर्व मनाईदै छ। बाजुरा लगायत सुदुर पश्चिमका पहाडी जिल्लामा गाभे संक्राती र   कैलाली, कञ्चनपुरलगायत विभिन्न तराइृका जिल्लामा वल्के पर्वका रूपमा मनाउने गरिन्छ। भाद्र १ गते मनाइने गाभे संक्राती अर्थात  वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ। जेठो पर्वका रुपमा समेत वल्के मनाईन्छ। पहाडी जिल्लामा पड्यालुकाे गाभा खाने पर्बकाे रूपमा मनाउछन । साउनमा पड्यालु खानु हुदैन भन्ने प्रम्परा अनुसार भदाै १ गते अर्थात गाभे सक्रातीकाे रूपमा मनाएर पड्यालुकाे परिकार बनाएर खाने प्रचलन छ ।

यस पर्वका दिन बिहानै नुहाइ धुवाइ गरी आफ्ना इष्टमित्र, आफन्त मान्यजन तथा छरछिमेकीलाई सगुनका रुपमा दुध, दही, मही र पिँडालुको गाभा, दिएर सम्मान गर्ने एक खालको छुट्टै पुरानो मौलिकता रहिआएको बुढापाकाहरू बताउछन ।

चर्चामा

सम्बन्धित समाचार