बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका डिआईजीका नाममा कारण देखाउ आदेश

सुदूरपश्चिमका डिआईजीका नाममा कारण देखाउ आदेश

  • शनिबार, साउन ३१, २०७७
सुदूरपश्चिमका डिआईजीका नाममा कारण देखाउ आदेश

उच्च अदालत दिपायलले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक (डिआईजी) उत्तमराज सुवेदीको नाममा कारण देखाउ आदेश जारी गरेको छ।

शुक्रबार उच्च अदालतका न्यायधिश शेषराज सिवाकोटीको एकल इजलासले डिआईजी सुवेदी सहित प्रहरी उपरिक्षक दिलिप सिंह देउवा, संघिय प्रहरी ईकाई कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय अछामका नाममा कारण देखाउ आदेश जारी गरेको हो।

आफूमाथि षड्यन्त्र गरेर झुठ्ठा मुचुल्का र प्रतिवेदन बनाएर जागिरबाट निकालेको भन्दै प्रहरी जवान दिपेन्द्र भट्टले उच्च अदालत दिपायलमा रिट निवेदन दायर गरेका थिए। सोही रिटमाथि सुनवाई गर्दै अदालतले यस्तो आदेश जारी गरेको हो।

जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत जवान भट्ट आकस्मिक काम परेपछि विदा स्वीकृत गरीपाउँ भन्ने निवेदन दिएर घर फर्किएका थिए। तर भट्टको विदा अस्वीकृत गर्र्दै २४ घण्टा भित्र हाजिर हुन भनिएको थियो। घरबाट फर्किदा कार्यालय भित्र प्रवेश समेत गर्न नदिएर जागिरबाट निकालिदिएको थियो।

उनलाई सेवाबाट हटाएपछि संघिय प्रहरी कार्यालय धनगढीमा निवेदन दिएका थिए। संघिय प्रहरी कार्यालयले समेत कुनै सुनवाई गरेको थिएन। उक्त निवेदनको बोधार्थ प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीलाई समेत दिएका थिए।

माथिल्लो निकायबाट समेत कुनै सुनवाई नभएपछि भट्टले पुर्नवहालीको माग गर्दै उच्च अदालत दिपायलमा रिट निवेदन दिएका थिए।

चर्चामा

सम्बन्धित समाचार