मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • ८१ हजार नगदसहित ८ जुवाडे पक्राउ

८१ हजार नगदसहित ८ जुवाडे पक्राउ

  • शनिबार, साउन ३१, २०७७
८१ हजार नगदसहित ८ जुवाडे पक्राउ

 कैलालीमा ८१ हजार नगदसहित ८ जना जुवाडे पक्राउ परेका छन्। गएराति जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर १ बसपार्कमा रहेको दिपाली होटल एण्ड लजमा जुवा खेलीरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले नगद सहित जुवाडेलाई पक्राउ गरेको हो।

लम्कीचुहा नगरपालिका वडा नम्वर १ का ३२ बर्षीय रामराज जैशी, सोही ठाउँका ३६ बर्षीय लक्ष्मण बुढाथोकी, ३३ बर्षीय जिवन अधिकारी, ३० बर्षीय धमिन्द्र रावललाई पक्राउ गरिएको हो।

यस्तै सोही ठाउँका २० बर्षीय पवन थापा, वडा नम्वर २ का ३३ बर्षीय प्रकाश शाही, वडा नम्वर ४ का ३३ बर्षीय पुरन बिक र घोडाघोडी नगरपालिका १ बस्ने अक्कल शाहीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।

पक्राउ परेका ८ जनामाथि जुवा ऐन अन्तरगत कारवाही हुने प्रहरी नायव उपरिक्षक विष्टले बताए। उक्त ऐन अन्तरगत पहिलो पटक भए ३ महिना कैद वा ३० हजार जरिवाना, दोश्रो पटक भए एक बर्ष कैद र ५० हजार हजार जरिवाना गर्ने व्यवस्था रहेको छ।

चर्चामा

सम्बन्धित समाचार