बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • बुढिनन्दा नगरापालिकाका २४ घरपरिवार पहिराेका कारण बिस्तापित , राहतकाे माग गर्दै प्रशासनमा

बुढिनन्दा नगरापालिकाका २४ घरपरिवार पहिराेका कारण बिस्तापित , राहतकाे माग गर्दै प्रशासनमा

  • शुक्रबार, साउन ३०, २०७७
बुढिनन्दा नगरापालिकाका २४ घरपरिवार पहिराेका कारण बिस्तापित , राहतकाे माग गर्दै प्रशासनमा

बाजुरा — बाजुरा जिल्लाको उत्तरी क्षेत्र बुढिनन्दा नगरपालिकाका पहिरो पिडीतहरुको राहतका लागि नेकपा बाजुराका नेताहरुले निबेदन दिएका छन । साउन २६ गते राती आएको अबिरल बर्षा संगै पहिरोमा परी बिस्तापित भएका पिडीतहरुको राहतका लागि तत्तकाल बिपत ब्यबस्थापन समितिले प्रक्रिया थाल्न दवाव स्वरुप निबेदन दिएको नेकपा नगर कमिटि बुढिनन्दाका धनसिहं रोकायाले बताएका छन । बुढिनन्दा नगरपालिका ४ सिमको नौमुल र घोडाकोटका २४ परिवार बिस्तापित भएका रोकायाले बताएका छन । पिडीतहरुको आबस्यक कागजात सहित जिल्ला प्रशासन कार्यालय बाजुरामा निबेदन दिएको उनले बताए ।
उक्त बस्ती नै जोखीममा रहेको हाल त्यहाँका स्थानीय सबै नजिककै बुढिनन्दा प्राबि र नजिककैको प्रस्तुती सेवा केन्द्रमा बसोबास गर्दै आएका स्थानीयले बताएका छन । सो क्षेत्रमा दिन रात पहिरो खसिरहेका कारण जोखीममा रहेकाले कसैले सुनुवाई नगरेको स्थानीयले दुखेसो गरेका छन । पहिरो पिडीतलाई हाल खान लाउन समेत समस्या भएको धनसिहं रोकायाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार