शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका ४०८३ काेरोना संक्रमित निको भए, लक्षण भएका ५६ जना अस्पतालमा

सुदूरपश्चिमका ४०८३ काेरोना संक्रमित निको भए, लक्षण भएका ५६ जना अस्पतालमा

  • बिहिबार, साउन २९, २०७७
सुदूरपश्चिमका ४०८३ काेरोना संक्रमित निको भए, लक्षण भएका ५६ जना अस्पतालमा

सुदूरपश्चिमका विभिन्न अस्पताल र स्थानीय तहमा बनाईएका आईसोलेसनबाट बुधवार थप २८ कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप २८ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए।

बुधवार बैतडीका १४, कञ्चनपुरका १२ र डोटीका दुई जनालाई डिस्चार्ज गरिएको उनले बताए। योसंगै सुदूरपश्चिममा कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या चार हजार ८३ पुगेको छ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय तीन, अछामका ६ सय ६७, डोटीका पाँच सय ७५, कञ्चनपुरका पाँच सय ६६, बैतडीका तीन सय १८ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ।

बाजुराबाट चार सय ३५, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब सुदूरपश्चिममा एक्टिभ केस सात सय सात मात्रै रहेका छन्।

सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार नौँ सय ५८ पुगेको छ भने १० जना संक्रमितको मृत्यु भएको छ। संक्रमण पुष्टि भएका र लक्षण देखिएका ५६ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

टीकापुर अस्पतालमा ३४, जिल्ला अस्पताल अछाममा १०, महाकाली र सेती प्रादेशिक अस्पतालमा चार÷चार, जिल्ला अस्पताल डोटी र मालाखेती अस्पतालमा २/२ जनाको उपचार भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन्।

चर्चामा

सम्बन्धित समाचार