बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • अहेब गिरीले डिउटीमै मदिरा सेवन गरेकाे प्रमाणित

अहेब गिरीले डिउटीमै मदिरा सेवन गरेकाे प्रमाणित

गिरीलाइ कार्बाही गर्न प्रशासनकाे निर्देशन

  • बिहिबार, साउन २९, २०७७
अहेब गिरीले डिउटीमै मदिरा सेवन गरेकाे प्रमाणित

कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेब सिंहराज गिरीले डिउटीमा मदिरा सेवन गरेर सेवामा गएकाे जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएकाे छ । साउन ११ गते डिउटीमा रहेका गिरी माथी स्थानिय युवाले आक्रमण गरेर घाइते बनाए पछि प्रकरण बाहिर आएकाे थियाे । गिरिले आफु माथी बिरामी स्वास्थ्य केन्द्रमा बिरामीकाे सेवा गरिरहेकाे समयमा आक्रमण गरेकाे भन्दै उजुरी समेत गरेका थिए । तर उनि उल्टै मदिरा सेवन गरेर बिरामीको उपचार गरेको पुष्टि भएकाे छ ।

जिल्ला प्रशासन कार्यलय बाजुराले उक्त्त घटनाकाे छानबिन पछि गिरीले मदिरा सेवन गरेर डिउटीमा गएकाे भन्दै बुढिनन्दा नगरपालिकालाई कार्वाहीका लागि निर्देशन समेत गरेकाे छ । गिरीले स्वास्थ्य उपचार जस्ताे संबेदनशिल जिम्मेवारीमा कर्तव्य पालनकाे समयमा मदिरा सेवन गरेर गएकाे स्वास्थ्य परिक्षणबाट समेत पुष्टि भएकाे जनाएकाे छ । गिरीलाई नेपाल स्वास्थ्य सेवा एेन २०५३ तथा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ अनुसार कार्वाही गरिएकाे जानकारी जिल्ला प्रशासन कार्यलय पठाउन नगरपालिकालाइ पत्रचार गरेकाे छ ।

गिरी राती डिउटीमा रहेका बेला स्थानीय युवारुको कुटाइबाट गम्भिर घाइते भएका थिए । राती डिउटीमा रहेको समय चेकजाँच छ भनेर गिरी भएको ठाँउमा आएर उनी माथि आक्रमण भएको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले वताएका थिए । राती साढे ११ बजे बुढिनन्दा नगरपालिका ६ का केसर भाट सहितको समुहले उनी माथि आक्रमण गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
गिरीमाथि आक्रमण गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छानबिन गरिरहेकाे छ । तर गिरीले नै मदिरा सेवन गरेर डिउटीमा रहेकाेले दुइ पक्ष बिच झडप भएकाे बुझिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार