शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • प्रदेश ७
  • अछाममा आगलागी हुँदा ४ जना घाइते

अछाममा आगलागी हुँदा ४ जना घाइते

  • बिहिबार, साउन २९, २०७७
अछाममा आगलागी हुँदा ४ जना घाइते

अछाममा आगलागी हुँदा चार जना घाइते भएका छन्। घाइते हुनेहरुमा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ३ कालापानीका ३८ वर्षीय रतन बुढामगर, ३६ वर्षीया पार्वतीदेबी बुढामगर र २० वर्षका भिम बुढामगर रहेका छन्।

यस्तै पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर २ बस्ने २८ वर्षका जनक शाही पनि घाइते भएका छन्। बुधबार साँझ ७ बजेको समयमा आफ्नै घरमा रहेको भट्टिमा आगो बाल्ने क्रममा आगलागी भएको प्रहरी निरीक्षक रमेश दत्त अवस्थीले बताए।

प्रहरीका अनुसार ग्यालिनमा रहेको पेट्रोल हाली आगो बाल्न खोज्दा उक्त पेट्रोल रहेको ग्यालेनको पेट्रोल समेत पोखिएर आगलागी भएको हो। घाइते उनीहरुलाई बिहीबार बिहान ४ बजे उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा थप उपचारको लागि धनगढी रेफर गरिएको प्रहरी निरिक्षक अवस्थिले बताए।

चर्चामा

सम्बन्धित समाचार