शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • जगन्नाथ
  • हेलिकप्टरबाट सुत्केरीको उद्धार

हेलिकप्टरबाट सुत्केरीको उद्धार

  • मङ्लबार, साउन २७, २०७७
हेलिकप्टरबाट सुत्केरीको उद्धार
फाईल तस्वीर

बाजुरा २७ साउन– बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका ३ की एक जना सुत्केरीको हेलिकप्टरबाट उद्दार गरिएको छ । सोही गाउपालिका ३ की २१ वर्षिया संगीता भण्डारीलाई उद्धार गरिएको हो ।
साउन २६ गते सुत्केरी बेथा लागे पछि हुनी महती स्वास्थ्य चौकीमा सुत्केरी गराउन आफन्तले ल्याएका थिए । पेटमा दुई ओटा बच्चा र उल्टो बच्चा भएकोले सुत्केरी गराउन नसकी स्वास्थ्यकर्मीले अन्यन्त्र रिफर गरेपछि अन्यन्त्र जिल्लामा पनि ब्यबस्था नभएपछि नेपाली सेनाको हेलिकप्टबाट उद्धार गरि सुर्खेत पठाएको बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए ।
हेलिकम्पटको लागि हिजो नै कुरा गरेको र हिजो मौसम खराबिका कारण हेलिकप्टर आउन नसके पछि मंगलबार बिहान कैलाश उमाबि महतीबाट उद्धार गरिएको गैह्रेले बताए ।
हिजो देखीको स्वास्थ्यकर्मीले प्रयास गर्दा राति एउटा बच्चा मृत जन्माएको र अर्को बच्चा पेटमै रहेको र उल्च रक्तश्राप भएको स्वास्थ्यकर्मीले बताएका छन् । सत्केरी महिलाको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत उद्धार गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार